दमकमा रास्वपाको निलो स्टिकर अभियान: जनसेवा कि भाइरल हुने सस्तो ‘स्टन्ट’?

“एकै प्रकारको लुगा लगाउनु कुनै आधिकारिक पार्टीको ड्रेस कोड थिएन।"

दमक,१८ असोज |  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दमक नगर क्षेत्रभित्र आपत्कालीन नम्बरहरूको सूचीसहितको नीलो स्टिकर जनताको घर–घरमा निःशुल्क टाँस्ने अभियान चलाएको छ, जुन आधारभूत रूपमा एउटा राम्रो सुरुवात हो।

तर, सेवाभावले सुरु गरिएको भनिएको यो अभियानमा जब महिला नेतृहरू एकैनासको (म्याचिङ) लुगा लगाएर चिटिक्क परी फोटो सेसनमा रमाइरहेको तस्बिर बाहिरियो, तब यसले गम्भीर प्रश्न खडा गरेको छ। जनताको घरमा स्टिकर टाँस्ने जस्तो सामान्य अभियानमा एउटै डिजाइनको आकर्षक पहिरन लगाएर भाइरल हुने होडबाजी देखिनुले यो विशुद्ध समाजसेवा हो कि सोसल मिडियामा चर्चा कमाउन गरिएको सस्तो ‘स्टन्ट’ मात्र हो भन्ने आम आशंका उब्जाएको छ।

विपद्को बेला चाहिने महत्त्वपूर्ण नम्बरहरू बाँड्ने काम सराहनीय भए पनि, क्यामेराको अगाडि ‘पोज’ दिनकै लागि गरिएको यो पहिरन प्रदर्शनले अभियानको गाम्भीर्यतालाई नै गिज्याइरहेको छ।

सामाजिक सञ्जालमा अहिले सर्वसाधारणले आक्रोश मिश्रित प्रश्न गरिरहेका छन्– के रास्वपाले जनतालाई स्टिकर मात्र सित्तैमा बाँडेको हो कि आफ्ना नेतृहरूलाई यो एकैनासको लुगा पनि पार्टीकै खर्चमा ‘फ्री’ मै दिएको हो?

राजनीतिमा नयाँ संस्कार बसाल्ने दाबी गर्ने पार्टीका कार्यकर्ताहरू ग्राउन्ड जिरोमा जनगुनासो सुन्नुको सट्टा फेसन सोमा जस्तै सजिएर तस्बिर भाइरल गराउन तल्लीन हुनुले उनीहरूको प्राथमिकता जनसेवा भन्दा पनि देखावटी लोकप्रियतामै सीमित रहेको स्पष्ट पार्छ।

 

जनमुखी काम आफैं बोल्छ, तर त्यसलाई ढाक्ने गरी गरिएको यस्तो ‘फोटोसुट’ ले भने पार्टीको वैचारिक धरातलमै प्रहार गरेको छ। यधपि रास्वपा दमक नगर सभापति तीर्थप्रसाद लामिछानेले भने, “एकै प्रकारको लुगा लगाउनु कुनै आधिकारिक पार्टीको ड्रेस कोड थिएन। उनले लुगालाई लिएर गरिएको आलोचनालाई विपक्षीको दुष्प्रचार (प्रोपोगान्डा) हुन सक्ने भन्दै बचाउ गरेका छन।”

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा

प्रगति युवा क्लब दमकको अध्यक्षमा सुजन बजगाई

दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। साधारण सभाले बद्री

चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको

सुरक्षा र व्यवस्थापनका लागि २०० स्वयंसेवक परिचालन

काठमाडौं ,१८ असोज। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको