चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा स्वीकृत भाडादरभन्दा बढी रकम लिएर उडान सञ्चालन गर्नुलाई कसुर मान्ने प्रस्ताव गरिएको हो ।

विधेयकको दफा ४७ मा स्वीकृत भाडादरभन्दा बढी हवाई भाडा लिएर उडान सञ्चालन गर्ने कार्यलाई कसुरका रूपमा राखिएको छ । यस्तो कसुर गर्ने वायुसेवा सञ्चालक वा सम्बन्धित व्यक्तिलाई ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था दफा ४८ मा प्रस्ताव गरिएको छ ।
जरिवाना गर्ने अधिकार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई दिने प्रस्ताव छ ।

यति मात्र होइन, एकपटक कारबाहीमा परिसकेपछि पनि उही प्रकृतिको कसुर दोहोर्‍याएमा अघिल्लो पटक तोकिएको जरिवानाको दोब्बर रकम जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।

विशेषगरी दसैं, तिहार र छठजस्ता चाडपर्वका बेला हवाई टिकटको माग बढ्छ । बाढी, पहिरो, सडक अवरोध वा अन्य विपद्का कारण स्थलमार्ग बन्द हुँदा पनि यात्रु हवाई सेवातर्फ निर्भर हुने गर्छन् । यही समयमा स्वीकृतभन्दा बढी भाडा लिने गुनासो आउने गरेको भन्दै यस्तो कानुनी व्यवस्था प्रस्ताव गरिएको हो ।

कानुन लागू भएमा वायुसेवा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएको भाडादरभन्दा बढी रकम यात्रुसँग लिन पाउने छैनन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विधेयकको मस्यौदामाथि सरोकारवालाबाट सुझावसमेत मागिसकेको छ । मन्त्रालयले २०८३ असार २४ गते सुझाव संकलनसम्बन्धी सूचना प्रकाशित गरेको थियो ।

तर, यो व्यवस्था अहिले प्रस्तावित मात्रै हो । विधेयक संसद्बाट पारित भएर कानुन बनेपछि मात्रै कार्यान्वयनमा आउनेछ । संसद्मा छलफलका क्रममा यसका प्रावधान संशोधन हुन सक्नेछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

काठमाडौं ,१८ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एकबाट

गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा

प्रगति युवा क्लब दमकको अध्यक्षमा सुजन बजगाई

दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। साधारण सभाले बद्री

चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको