राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने

काठमाडौं ,१९ असोज। नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार एक सुचना जारी गर्दै पूर्व–योग्य सुरक्षामूलक मिन्टिङ कम्पनीहरूबाट सिक्काको डिजाइन, टकमारी, आपूर्ति तथा डेलिभरीका लागि सिलबन्दी बोलपत्र माग गरेको हो ।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाबाट सिक्का उत्पादनका लागि बोलपत्र आह्वान गरेको जनाएको छ । पूर्व–योग्य बोलपत्रदाताले थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार विभागबाट बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन् । कागजात खरिदका लागि २० हजार रुपैयाँ, १३१ अमेरिकी डलर वा ११५ युरो गैरफिर्ता हुने दस्तुर तोकिएको छ । बोलपत्रसम्बन्धी कागजात कात्तिक १७ सम्म खरिद गर्न सकिनेछ ।

बोलपत्र प्रक्रियाबारे जानकारी तथा आवश्यक विषयमा छलफल गर्न राष्ट्र बैंकले असोज ३० गते दिउँसो १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा पूर्व–बोलपत्र बैठक आयोजना गर्ने भएको छ ।

बोलपत्रदाताले प्राविधिक र मूल्य प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा राखी कात्तिक १८ गते दिउँसो १२ बजेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा पेस गर्नुपर्नेछ । बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ ।

 

बोलपत्र पेस गर्दा न्यूनतम १ लाख ३२ हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ÷अन्य मुद्राको धरौटी राख्नुपर्नेछ । उक्त धरौटीको म्याद १५० दिन अर्थात् आगामि चैत २० सम्म कायम हुनुपर्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भक्तपुरमा आगलागी , दमकलद्वारा आगो नियन्त्रण

भक्तपुर,१९ असोज । भक्तपुर  सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज

विराटनगर आँखा अस्पतालमा सेयर विवाद, भुक्तानीको विषयमा दाबी–प्रतिदाबी

विराटनगर,१९ असोज। विराटनगर महानगरपालिका–१४ रानीस्थित विराटनगर आँखा अस्पतालमा सेयर खरिद–बिक्रीको रकमलाई लिएर अस्पताल सञ्चालक र पूर्वसेयरधनीबीच विवाद चर्किएको छ । अस्पताल सञ्चालक पक्षले पूर्वसेयरधनीलाई सेयरबापतको

कांग्रेस बैठकमा गगन थापाको २९ बुँदे राजनीतिक प्रतिवेदन

काठमाडौं ,१९ असोज। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्नु भएको छ। आगामी चार वर्षका लागि

बिर्तामोडमा भेलागुडी विश्रान्तिघाट सञ्चालनमा

झापा, १९ असोज । झापाको बिर्तामोड ८ मा निर्माण भएको भेलागुडी विश्रान्तिघाट देउनिया संचालनमा आएको छ । सो विश्रान्तिघाटमा पहिलो पटक बिर्तामोड ८ की ६२

१० वर्षअघि घरबाट हराएका बालक नयाँ दिल्लीमा फेला

काठमाडौँ,१९ असोज। १० वर्षअघि घरबाट हराएका सप्तरीका एक बालकलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ का ऋषिदेव सदाका