बिर्तामोडमा भेलागुडी विश्रान्तिघाट सञ्चालनमा

झापा, १९ असोज । झापाको बिर्तामोड ८ मा निर्माण भएको भेलागुडी विश्रान्तिघाट देउनिया संचालनमा आएको छ । सो विश्रान्तिघाटमा पहिलो पटक बिर्तामोड ८ की ६२ वर्षीया कमलादेवी उप्रेती थापाको अन्त्येष्टि गरिएको हो । भेलागुडी वननजिक देउनिया खोलामा करिव ४० लाख रुपैयाँको लागतमा विश्रान्तिघाट निर्माण गरिएको छ । घाट निर्माणका लागि कोशी प्रदेश सरकारबाट ८ लाख र बिर्तामोड ८ नं वडा कार्यालयबाट १० लाख बजेट बिनियोजन भएको थियो ।

 

त्यस्तै पुराण संकलनबाट ९ लाख ३८ हजार रुपैयाँ संकलन भएको थियो । अन्य रकम विभिन्न दाताहरुले सहयोग गरेका थिए ।विश्रान्तिघाट बनेको स्थानमा सिंचाई डिभिजन कार्यालयबाट २५ लाखको लागतमा तटबन्ध गरिएको छ भने जनताको तटबन्ध कार्यालयले पनि तटबन्धकै लागि २१ लाख रुपैयाँ विनियोजन गरेको भेलागुडी विश्रान्तिघाट निर्माण समिति देउनियाका सचिव मदन अधिकारीले बताउनु भयो । विश्रान्तिघाट आसपासमा जनश्रमदानबाट आकर्षक पार्क निर्माण गरिएको छ । फूल फुल्न लागेको सो पार्कको सरसफाई र गोडमेलका लागि एक सातादेखि श्रमदान चल्दै आएको बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले जानकारी दिनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भक्तपुरमा आगलागी , दमकलद्वारा आगो नियन्त्रण

भक्तपुर,१९ असोज । भक्तपुर  सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज

विराटनगर आँखा अस्पतालमा सेयर विवाद, भुक्तानीको विषयमा दाबी–प्रतिदाबी

विराटनगर,१९ असोज। विराटनगर महानगरपालिका–१४ रानीस्थित विराटनगर आँखा अस्पतालमा सेयर खरिद–बिक्रीको रकमलाई लिएर अस्पताल सञ्चालक र पूर्वसेयरधनीबीच विवाद चर्किएको छ । अस्पताल सञ्चालक पक्षले पूर्वसेयरधनीलाई सेयरबापतको

कांग्रेस बैठकमा गगन थापाको २९ बुँदे राजनीतिक प्रतिवेदन

काठमाडौं ,१९ असोज। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्नु भएको छ। आगामी चार वर्षका लागि

बिर्तामोडमा भेलागुडी विश्रान्तिघाट सञ्चालनमा

झापा, १९ असोज । झापाको बिर्तामोड ८ मा निर्माण भएको भेलागुडी विश्रान्तिघाट देउनिया संचालनमा आएको छ । सो विश्रान्तिघाटमा पहिलो पटक बिर्तामोड ८ की ६२

१० वर्षअघि घरबाट हराएका बालक नयाँ दिल्लीमा फेला

काठमाडौँ,१९ असोज। १० वर्षअघि घरबाट हराएका सप्तरीका एक बालकलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ का ऋषिदेव सदाका

१ हजार ४५७ को शव फेला, ४ हजारभन्दा बढी बेपत्ता

काठमाडौं ,१९ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको छ । जसमध्ये