संकटका बेला डिजिटल पूर्वाधारको उत्थानशीलता अपरिहार्य , प्रधानन्यायाधीश शर्मा

काठमाडौं,१९ असोज । प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले संकटका बेला संस्थागत निरन्तरता, आधारभूत सेवा प्रवाह र प्रभावकारी प्रतिकार्यका लागि डिजिटल पूर्वाधारको उत्थानशीलता (रेजिलियन्स) अपरिहार्य रहेको बताउनु भएको छ ।

एसिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्स फोरम २०२६ को १७औँ संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश शर्माले सूचना प्रविधि दैनिक जीवनको अभिन्न अंग बनिसकेको अवस्थामा डिजिटल पूर्वाधारमा आउने अवरोधले सार्वजनिक सेवा र संस्थागत कार्यसम्पादनमा गम्भीर असर पार्न सक्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘संकटको समयमा संस्थागत निरन्तरता र आधारभूत सेवा प्रवाहका लागि डिजिटल पूर्वाधारको उत्थानशीलता अपरिहार्य हुन्छ । सूचना प्रविधि हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको अवस्थामा डिजिटल पूर्वाधारमा आउने अवरोधले सार्वजनिक सेवा र संस्थागत कार्यसम्पादनमा गम्भीर असर पार्न सक्छ ।’

उहाँले पछिल्लो समय नेपालले प्राकृतिक विपद्का साथै सार्वजनिक पूर्वाधारमा समेत अवरोध र क्षति व्यहोरेको उल्लेख गर्नुभयो । बाढी–पहिरो लगायतका विपद्ले डिजिटल तथा प्रविधि पूर्वाधार सम्बन्धि अभिलेख हराउने वा त्यसमा पहुँच अवरुद्ध हुने अवस्था आए न्यायपालिकाको समग्र कार्यसम्पादन प्रभावित हुने बताउनु भयो ।

त्यसका लागि सुरक्षित डिजिटल अभिलेख, भरको पहुँच विस्तार गर्दै शीघ्र, सुलभ र नागरिककेन्द्रित न्याय सुनिश्चित गर्नु हुनुपर्नेमा जोड दिनु भयो ।

न्यायपालिकाले पनि प्रविधिको प्रयोगलाई निरन्तर विस्तार गरिरहेको उल्लेख गर्दै शर्माले अदालती अभिलेख हराउने वा त्यसमा पहुँच अवरुद्ध हुने अवस्था आए न्यायपालिकाको समग्र कार्यसम्पादन प्रभावित हुने बताउनु भयो । त्यसका लागि सुरक्षित डिजिटल अभिलेख, भरपर्दो ब्याकअप र प्रभावकारी विपद् पुनरुत्थान प्रणाली आवश्यक रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘ बाढी–पहिरोजस्ता विपद्का कारण डिजिटल पूर्वाधारमा क्षति पुग्दा अदालती अभिलेखमा पहुँच अवरुद्ध हुन सक्छ र त्यसले न्यायपालिकाको कार्यसम्पादन प्रभावित पार्न सक्छ । त्यसैले सुरक्षित डिजिटल अभिलेख, भरपर्दो ब्याकअप र प्रभावकारी विपद् पुनरुत्थान प्रणाली आवश्यक छ । प्रविधिको प्रयोगमार्फत न्यायमा नागरिकको पहुँच विस्तार गर्दै शीघ्र, सुलभ र नागरिककेन्द्रित न्याय सुनिश्चित गर्नुपर्छ ।’

प्रधानन्यायाधीश शर्माले डिजिटल रूपान्तरणको मुख्य उद्देश्य न्यायमा नागरिकको पहुँच विस्तार गर्दै शीघ्र, सुलभ र नागरिककेन्द्रित न्याय सुनिश्चित गर्नु हुनुपर्नेमा जोड दिनु भयो । डिजिटल प्रविधिले न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउनुका साथै जवाफदेहिता र जनविश्वाससमेत सुदृढ गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले बाढी, चक्रवात, भूकम्प, पहिरो तथा साइबर आक्रमणजस्ता जोखिमलाई ध्यानमा राखेर डिजिटल प्रणाली निर्माण गर्नुपर्ने बताउनु भयो । पछिल्लो समय भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीले सडक, विद्युत् तथा दूरसञ्चार पूर्वाधारमा पारेको असरले पनि डिजिटल पूर्वाधारको उत्थानशीलताको आवश्यकता देखाएको उहाँले बताउनु भयो ।

‘हाम्रा प्रणालीहरू अवरोधलाई थेग्न सक्ने, बदलिँदो परिस्थितिअनुसार अनुकूलन हुन सक्ने र छिट्टै पुनर्जीवित हुन सक्ने गरी डिजाइन गरिनुपर्छ,’ शर्माले भन्नुभयो ।

न्यायपालिकाका लागि डिजिटल उत्थानशीलता न्यायिक कार्यको निरन्तरता, न्यायमा पहुँच र कानुनको शासनको संरक्षणसँग प्रत्यक्ष जोडिएको उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नयाँ पञ्च ईभी , चाडपर्वको उपहार मात्र होइन, नयाँ पुस्ताको रोजाई पनि

काठमाडौं,१९ असोज । नेपालमा चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल पनि बढेको छ । दशैँ, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष

निगमको मुख्य समस्या महँगो ब्याज, सरकारबाटै उठ्न बाँकी १३ करोड ७५ लाख

काठमान्डौ,१९ असोज।नेपाल वायुसेवा निगमले महँगो ब्याजदर र ठूलो ऋण दायित्वका कारण वित्तीय संकट झेलिरहेको जनाएको छ। संसद्को अन्तर्राष्ट्रिय सaम्बन्ध तथा पर्यटन समितिको बैठकमा निमित्त महाप्रबन्धक

युवालाई कामदार होइन, उद्यमशीलताका साझेदार बनाउने कांग्रेसको नीति

काठमाडौं ,१९ असोज। नेपाली कांग्रेसले मुलुकको आर्थिक विकासको केन्द्रमा विदेशमा अवसर खोजिरहेको युवालाई राख्दै उनीहरूलाई श्रम बजारका कामदार मात्र नभई उद्यमशीलता र सम्पत्ति सिर्जनाका साझेदार

कांग्रेस उम्मेदवार छनोटमा कडा मापदण्डको प्रस्ताव

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धताको

झापा–इलाम सीमामा सुरक्षा निगरानी कडा

झापा,१९ असोज।  जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा चोरी–निकासी, तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको

सभापति गगन थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ। काठमाडौंको खुलामञ्चमा जारी