नेपाली कांग्रेसको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित

काठमाडौँ ,२७ असोज । नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) मा जीवनबहादुर शाही निर्वाचित हुनुभएको छ। चार जना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै उहाँ विजयी हुनुभएको हो। कांग्रेसको कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका शाहीले ३ हजार ९०६ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी जनकराज गिरीले १ हजार ३७० मत प्राप्त गर्नुभयो। अन्य प्रतिस्पर्धीहरू नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्टलाई धेरै मतान्तरले पराजित गर्दै शाहीले जित निकाल्नुभएको हो।

 

निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार मतगणना सम्पन्न भइसकेको र मत परिणाम यकिन गर्ने कार्य भइरहेकाले समितिले आधिकारिक घोषणा गर्न भने बाँकी छ। यसअघि २०७८ मा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा पनि शाही सोही पदका लागि उम्मेदवार बन्नुभएको थियो। त्यतिबेला बद्रीप्रसाद पाण्डेसँग पराजित हुनुभएका शाही दोस्रो पटकको प्रयासमा सहमहामन्त्री निर्वाचित हुन सफल हुनुभएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भैरहवा विमानस्थल चल्नेमा आशासँगै कार्यान्वयनको चिन्ता

रुपन्देही,८ मंसिर । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।प्रधानमन्त्री बालेन्द्र

ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ

कन्काई , मंसिर ८ । लागूऔषध ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ परेका छन् ।आज मंगलबार दिउँसो १२ः३० बजे कन्काई नगरपालिका वडा नं.३ गोहीखाडीमा इलाका

कुमरखोद प्रहरी इन्चार्ज ढुङ्गाना ‘पुलिस अफ द मन्थ’ घोषित

झापा, ८ मंसिर । दक्षिणी सीमावर्ती नाकाबाट भित्रिने गरेको लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएका इलाका प्रहरी कार्यालय कुमरखोदका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुबास

सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुने सांसद झाको चेतावनी

काठमाडौं,८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गर्नु भएको

भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

भैरहवा,८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्ने विषयमा सहमति भएसँगै लुम्बिनी क्षेत्रमा उत्साह थपिएको

अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह

जनकपुर ,८ मंसिर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिनु भएको छ।अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला

भारत भ्रमणमा बालेनः संसदमा चर्को अडान, मोदीसँगको वार्तामा लिपुलेकको प्रसंगै उठेन

काठमाडौँ,८ मंसिर । प्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आँउनु भएको थियने, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ।