दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो पर्खिने युवायुवती र वरिपरि बसेर रमिता हेर्ने बुढापाकाको चहलपहलले गाउँघरमा दशैंको रौनक थपिन्थ्यो। तर, पछिल्लो समय युवा पलायन, सहरीकरण र आधुनिक मनोरञ्जनका कारण यो परम्परा हराउँदै जान थालेको छ।हराउँदै गएको यही परम्परा जोगाउन झापाको दमक नगरपालिका–८ स्थित आइतबारे टोलका स्थानीय युवा र दमक जेसीज र वडा नं. ८ ले ६ वटा बलिया बाँस गाडेर परम्परागत लिङ्गे पिङ निर्माण गरेका छन्।

 

पिङ तयार भएसँगै टोलमा दशैंको छुट्टै रौनक थपिएको छ। साना बालबालिकादेखि युवासम्म पिङ खेल्दै रमाइरहेका छन्। पिङले मनोरञ्जन मात्र दिएको छैन, स्थानीयलाई एकै ठाउँमा भेला हुने अवसरसमेत जुटाएको छ।दमक जेसीज वर्ष २०२६ का अध्यक्ष राजेन्द्र बिमलीको अध्यक्षता तथा वडाध्यक्ष धर्मप्रसाद दाहालको प्रमुख आतिथ्यतामा पिङको बिहिबार उद्घघाटन गरिएको हो। वडाध्यक्ष दाहालले स्वयं पिङ खेलेर यसको सुरुवात गर्नुभएको थियो।स्थानीय युवाको सक्रियता र वडा कार्यालयको सहयोगले परम्परा जोगाउने प्रयास सफल भएको अध्यक्ष दमक जेसीजका अध्यक्ष राजेन्द्र बिमली बताउनुहुन्छ।

 

हराउँदै गएको मौलिक संस्कृति संरक्षणमा युवाहरूको प्रयास प्रशंसनीय रहेको वडाध्यक्ष दाहालले बताउनुभयो। उहाँले संस्कृति जोगाउन सबै समुदायको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ।दशैंमा पिङ खेल्ने परम्परा जोगाउन दमकका युवाले गरेको यो प्रयासले संस्कृति संरक्षणका लागि भाषणभन्दा व्यवहार महत्त्वपूर्ण हुने सन्देश दिएको छ। ६ वटा बाँस गाडेर बनाइएको पिङले टोलमा दशैंको रौनक मात्र फर्काएको छैन, नयाँ पुस्तालाई पुरानो संस्कृतिसँग जोड्ने अवसरसमेत दिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,