अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर अर्जुनधारा ७ मा पर्ने दाहाल चोकस्थित सडकमा स्थानीय अन्दाजी ७० वर्षीय दुर्गाबहादुर बस्नेतलाई लिम्बूले बन्चरो प्रहार गरी हत्या गरेका हुन् । आखिर लिम्बूले पाको उमेरका आफ्‌नै छिमेकी बस्नेतलाई किन हत्या गरे ? घटना भएको एक घण्टाभित्र पक्राउ परेका लिम्बूले प्रहरीसंगको बयानमा खासै कारण बताइसकेका छैनन् ।

 

मानसिक अबस्था ठीक नभएको जस्तो देखिने लिम्बूले ‘ दुईवटा हात र दुईवटा खुट्टा भएको साँढेलाई मैले ढाले ’ जस्ता अस्वाभाविक उत्तर सोधपुछका क्रममा दिएको एक प्रहरी अधिकृतले बताउनु भयो। घटना हुनुअघि दुवैले संगै बसेर मदिरा सेवन गरेको बताइएको छ । घटनास्थलमा मदिराको बोतल फेला परेको छ । दुवैजना विल्डकन फ्याक्ट्रीमा संगै काम गर्ने गरेका थिए । बन्चरो प्रहारबाट बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी निरीक्षक मनिश लुइटेल नेतृत्वको टोलीले घटना भएको एक घण्टाभित्र अभियुक्त लिम्बूलाई पक्राउ गरेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाही भइरहेको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर