पथरी, २ कार्तिक / मोरङको पथरी शनिश्चरे नगरको पथरी बजारमा लक्ष्मी अटोमोवाइल्सले आफ्नो पाँचौं वार्षिकोत्सवसँगै जोडेर गरिएको साटासाट अफरमा मोटरसाइकल र स्कुटर गरी ३० वटा बिक्री भएको छ ।
लक्ष्मी अटोमोवाइल्समार्फत टीभीएस शो रुमले मोटरसाइकल र स्कुटरको सट्टपट्टा तथा बिक्रीमा विभिन्न उपहारसहित ‘अचम्मैको डिल’ कार्यक्रम सञ्चालन गरिरहेको बेला पाँचौं वार्षिकोत्सव समेत मनाइएको थियो ।
दशैं तिहारको अवसरमा पथरी बजारको मन्दिरलाइनमा असोज २३ देखि कार्तिक १ गतेसम्म ‘अचम्मैको डिल’ अफर कार्यक्रम सञ्चालन भएको थियो । ग्राहकहरुले आफूसँगको जुनसुकै कम्पनीको मोटरसाइकल र स्कुटर सट्टा गर्न र टीभीएस ब्रान्डको मोटरसाइकल र स्कुटर लिन रुचाएको अवस्था थियो । जसमा सबैभन्दा बढी स्कुटर बिक्री भएको देखिएको छ । पुरानो मोटरसाइकल र स्कुटीको सट्टापट्टा गर्दै नयाँ किन्ने ग्राहकका लागि अनलाइन उपहार चिठ्ठा कार्यक्रम अन्तर्गत सुनको चाबी (गोल्डेन की) तथा ६ हजारदेखि १० लाखसम्मको नगद उपहार पाउने व्यवस्था गरिएको टीभीएस मोटरसाइकल बिक्रेता लक्ष्मी अटोमोबाइल्सका प्रोप्राइटर लक्ष्मीप्रसाद श्रेष्ठले स्मरण गर्नुभयो । सो अवसरमा हेल्मेट निःशुल्क प्रदान गर्नुकासाथै प्रत्येक दिन २ जना ग्राहकका लागि ५ वर्षसम्मको निःशुल्क सर्भिसिङको सेवा साथै ६० हजार किमीसम्म लाइफटाइम वारेन्टीका रुपमा वारेन्टी सेवा प्रदान गरिएको उहाँले उल्लेख गर्नुभयो । निरन्तर रुपमा छैठसम्मका लागि मोटरसाइकलमा ७ हजार र स्कुटरमा ६ हजार रुपैयाँ नगद छुटको अफर राखिएको पनि उहाँले जनाउनु भयो ।

यस अघि साउन १० देखि १६ सम्म सञ्चालित ‘अचम्मैको डिल’ मा ३७ वटा मोटरसाइकल बिक्री भएको थियो ।
https://www.facebook.com/share/v/1CbZGwSBs6/









