कांग्रेसमा पूर्ण एकता हुन सकेन : महामन्त्री प्रदीप पौडेल

काठमाडौँ,९ कार्तीक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा पूर्ण एकता कायम हुन नसकेको स्वीकार गर्दै एकताका लागि आफूहरूले विभिन्न प्रयास गरेको बताउनु भएको छ । नेपाली कांग्रेस म्याग्दे गाउँकार्य समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेट्न प्रयास गरिए पनि सबैलाई एकै ठाउँमा ल्याउन नसकिएको बताउनु भयो ।

 

१५औँ महाधिवेशन सम्पन्न भइसकेपछि पनि कांग्रेसमा पूर्ण एकता कायम हुन नसकेको कुरा आफूले स्वीकार गर्ने बताउनु भयो। यद्यपि, एकताका लागि आवश्यक सबै प्रयास भइरहेको बताउनु भयो ।विशेष महाधिवेशनको आवश्यकता र औचित्यबारे स्पष्ट पार्दै महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशनको मागसहित केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएको बताउनु भयो। त्यसबेला केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको भए पनि उक्त मागबारे बैठकमा छलफल नभएको उहाँको भनाइ थियो । उहाँले भन्नु भयो, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिभन्दा महाधिवेशन माथि हो। वैधानिक व्यवस्थाले जसलाई जे जिम्मेवारी दिएको छ, त्यसलाई कसैले पनि कम आँक्न मिल्दैन।’

 

केन्द्रीय कार्यसमितिले महाधिवेशन प्रतिनिधिहरूको मागलाई बेवास्ता गरेपछि विशेष महाधिवेशन वैधानिक व्यवस्थाअनुसार अघि बढेको उहाँले बताउनु भयो। नेपालमा नौ वर्षसम्म अधिवेशन नगरेका राजनीतिक दलसमेत रहेको भन्दै आफूहरुले नौ महिनाको अवधिमा दुईवटा महाधिवेशन सम्पन्न गरेको उहाँले बताउनु भयो।सबैलाई मिलाउनको लागि सदस्यता अद्यावधिक प्रक्रिया स्थगित गरी नवीकरण भएका सबै सदस्यले स्वतः महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गरिएको समेत बताउनु भयो ।शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई विशेष महाधिवेशनबाट निर्वाचित समितिमा समेट्नुपर्ने माग पनि स्वीकार गरिएपनि सहमतिका लागि तयार नभएको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘हामीले वडा अधिवेशन मात्रै चार पटक सार्‍यौँ। तयारी नभएर सरेको होइन। सबै आउने वातावरण बन्छ भनेर सारेका हौँ। चार–चार पटक वडा अधिवेशन गर्दा पनि हामीले सबैलाई भित्र ल्याउन सकेनौँ। सभापतिजीले आयोजक समितिको संयोजक म हुनुपर्दैन, म हुन्न, तपाईँहरू मध्ये को हुने सम्म भन्नुभएको हो।’ उहाँले अब राष्ट्रिय जिम्मेवारीलाई बिर्सेर पार्टीकै मात्रै विषयमा अल्झिन नहुने बताउनु भयो। कांग्रेसले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएको जिकिर गर्नु भयो। उहाँले आगामी स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन नगर्ने समेत स्पष्ट पार्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३

स्टुरेन्ट सञ्चालक खत्री मृत्यु प्रकरण : दुरुत्साहन आरोपमा युवती पक्राउ

विराटनगर ,९ कार्तीक। विराटनगरस्थित ‘पिजफायर रेस्टुरेन्ट’का सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। मृतकका भाइले दिएको आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी