मोटरबोटबाट पर्यटक आकर्षित गर्दै ‘कमलपोखरी’

मंगलसिंहले जोगाएको पोखरी ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको क्षेत्र

पथरी, ९ कार्तिक / मोरङ जिल्लाको एउटा ऐतिहासिकस्थल । जो अहिले पर्यटन प्रवद्र्धनको लक्ष्यमा अघि बढिरहेको छ ।
जिल्लाको दक्षिणपूर्वी क्षेत्रको सुनवर्षी नगरपालिकामा अवस्थित कमलै कमल फूल्ने ‘कमलपोखरी’ यसबेला पर्यटक आकर्षित गर्ने तरिकाको खोजीमा छ । एउटा उपायस्वरुप इन्जिनबाट चल्ने डुंगा अर्थात मोटरबोट सञ्चालन गरेर आफूप्रति आकर्षण थप्दैछ ।

पूर्वपश्चिम मुख्य सडकको पथरी बजारबाट १३ किलोमिटर दक्षिणमा र दक्षिणको रंगेलीबाट १३ किलोमिटर उत्तरमा सुनवर्षी १, केचना (शुक्रबारे) मा अवस्थित कमलपोखरी एक ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सिमसार क्षेत्र हो । असार साउनमा फूल्ने फूलको आकर्षणले तान्छ । जहाँ पानीमाथि पोखरी नै ढाकेर कमलको फूल तैरिएको दृष्यले जो कोहीको मन लोभ्याउछ । करिब ९ बिघा क्षेत्रफलमा फैलिएको प्राचीन प्राकृतिक पोखरी क्षेत्रमा १ महिना अघिबाट मोटरबोट सञ्चालन गरेर आन्तरिक पर्यटकलाई आकर्षित बनाइरहेको छ । दसैंको समयमा मोटरबोटमा चढेर आनन्द लिनेहरुको संख्या ह्‌वात्तै बढ्न पुग्यो ।

प्रति व्यक्ति २ सय ५० रुपैयाँ टिकट लिएर ९ सिटको मोटरबोटमा चढ्न मोरङ र झापाको विभिन्न क्षेत्रबाट विशेषगरी युवा पुस्ताहरु आउने र रमाउने गरेका छन् । इटहरी सुनसरीका सचिन भट्टराई सो क्षेत्रको कमलै कमलको पोखरीले आकर्षकस्थल देखिएको रमाइलो अनुभव सुनाउनु हुन्छ । स्थानीय युवा अभिषेक श्रेष्ठ मोटरबोटमा सरर पानीमा तैरिन पाएकोमा खुब खुसी देखिनुहुन्छ । ‘यस्तो रमाइलो गर्न टाढा पुग्नुपर्थ्यो, तर यही रमाइलो गर्न पाइयो । दामी लाग्यो ।’ पथरी शनिश्चरे नगरको स्वास्थ्य सेवामा कार्यरत सुमिरा लिम्बूले पनि साथीहरुसँग बोट सयर गरेर खुबै आनन्द लिएको प्रतिक्रिया दिनुभयो ।
कमल फूलको संरक्षण गर्दै सो क्षेत्रको प्रचार प्रसारमा मद्धत पुर्याएर पर्यटक आकर्षित गर्न स्थानीय केही युवाहरु मिलेर मोटरबोट सञ्चालनमा ल्याइएको त्यसका सञ्चालकमध्येका मनिष राईले उल्लेख गर्नुभयो ।
बीच भागमा कमलको फुललाई जोगाउँदै पोखरीको छेउ छेउको भागबाट बोट चलाउने काम गरिएको छ । यसअघि २ वटा पाइडल बोट पनि सञ्चालनमा ल्याइएको थियो ।

आवादको अवस्थादेखि स्थानीय मंगलसिंह माविले संरक्षण गर्दै आएको सो पोखरीमा प्रशस्त मात्रामा रैथाने कमलका फूलहरू फुल्ने भएकाले यसको नाम ‘कमलपोखरी’ रहन गएको स्थानीय ज्येष्ठ नागरिकहरुको भनाइ छ । त्यहाँ माछापालन समेत गरिएको छ । वि.सं. २०२६ सालमा स्थापना भएको विद्यालयले परापुर्वकालदेखि संरक्षण गरेर जोगाएको सो जग्गा हाल पर्यटकीय महत्वको क्षेत्र बनेको छ । पर्यटकीय क्षेत्र नगरपालिका मातहत रहने भनेपनि त्यसको आम्दानी विद्यालयलाई समेत दामासायीमा राखिनुपर्ने विद्यालय प्रधानाध्यापक संचलाल लिम्बूको धारणा छ ।

पोखरीको केही मात्रामा अतिक्रमण समेत भएको देखिन्छ । यसको संरक्षण र प्रवद्र्धनमा सरकारी पक्षबाट समेत केही योजना बनेको र केही बजेट विनियोजन गरिएको भएपनि त्यसलाई थप व्यवस्थित बनाउन बाँकी छ । वरिपरी वनभोजस्थल बनाउन सक्दा थप आकर्षण बढ्ने देखिन्छ ।

पोखरी परिसरमा किरात समुदायको साकेला थान र किरातेश्वर मन्दिर, दुर्गा मन्दिर र शिव मन्दिर पनि छन् । यसले राजवंशी, धिमाल, किरात, पहाडी समुदाय सबैको आस्थाको केन्द्र बनाएको छ । लोपोन्मुख अवस्थाको कमल फूल हिन्दु, बौद्ध, किरात र जैन धर्ममा पनि पवित्र फूलका रुपमा लिने गरिन्छ भनें पोखरीको चक्रीय प्रणाली जोगाउन यसको महत्व रहेको उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३

स्टुरेन्ट सञ्चालक खत्री मृत्यु प्रकरण : दुरुत्साहन आरोपमा युवती पक्राउ

विराटनगर ,९ कार्तीक। विराटनगरस्थित ‘पिजफायर रेस्टुरेन्ट’का सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। मृतकका भाइले दिएको आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी