स्थानीयको स्वास्थ्य जोखिममा

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ। दूध प्रशोधनका क्रममा भुस बाल्दा निस्कने धुलोको उचित व्यवस्थापन नहुँदा विराटनगर महानगरपालिका–३ र ४ का बासिन्दा प्रभावित भएका हुन्।आयोजनाबाट निस्कने कालो धुलो आँगन, छत, झ्याल हुँदै कोठाभित्रसम्म पुग्ने गरेको छ। बिहान उठ्दा घरका भित्ता र भुइँ कालो धुलोले ढाकिने गरेको स्थानीय बताउँछन्। दैनिक सरसफाइमा समस्या हुनुका साथै बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वासका बिरामीको स्वास्थ्य जोखिममा परेको भन्दै स्थानीय आक्रोशित छन्।

 

स्थानीय युवा मुकेश बुढाथोकीका अनुसार पटकपटक खबरदारी गर्दा पनि समस्या समाधानमा ठोस पहल भएको छैन। मानव स्वास्थ्यमा खेलवाड गरिएको छ, भुइँमा हिँड्दा खुट्टाभरि कालो धुलो लाग्छ र स्वास्थ्य समस्या देखिन थालेको छ, उहाँले भन्नु भयो।यता आयोजना प्रमुख नवीनकिशोर शर्माले दूध उमाल्न भुस बाल्दा धुलो र मसिना कण निस्कने गरेको स्वीकारनु भएको छ संस्थान पुरानो र बस्ती पछि विस्तार भएको तर्क गर्दै उहाँले धुलो नियन्त्रणका लागि छान्ने उपकरण प्रयोग गरिएको र थप न्यूनीकरणका लागि अध्ययन भइरहेको बताउनु भयो। यद्यपि, प्रदूषण नियन्त्रणको स्पष्ट समयसीमा भने आयोजनाले दिएको छैन। स्थानीयले भने आश्वासन मात्र नदिई आधुनिक प्रविधि जडान गरेर तत्काल प्रदूषण रोक्न माग गरेका छन्। उनीहरूले विराटनगर महानगरपालिका, वातावरण विभाग र जिल्ला प्रशासन कार्यालयलाई स्थलगत अनुगमन गरी प्रदूषण नियन्त्रणका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३

स्टुरेन्ट सञ्चालक खत्री मृत्यु प्रकरण : दुरुत्साहन आरोपमा युवती पक्राउ

विराटनगर ,९ कार्तीक। विराटनगरस्थित ‘पिजफायर रेस्टुरेन्ट’का सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। मृतकका भाइले दिएको आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी