कात्तिक १२ देखि जावलाखेलमा पाँच दिने गोदावरी फूल प्रदर्शनी

काठमाडौं , कार्तिक १०। आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आगामी कात्तिक १२ देखि १६ गतेसम्म पाँच दिन प्रदर्शनी सञ्चालन हुन लागेको जानकारी दिएको हो।‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ जावलाखेल खेल मैदानमा आयोजना हुने प्रदर्शनीमा १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्यसमेत राखिएको छ।गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा कुल ८६ वटा स्टल रहनेछन्। आयोजकका अनुसार प्रदर्शनीमा ७८ वटा व्यावसायिक स्टल, चारवटा अफिसियल स्टल, दुईवटा प्रतियोगितात्मक स्टल, एउटा प्लान्ट क्लिनिक र एउटा फोटो सेल्फी स्टल रहनेछन्।प्रदर्शनीमा सहभागी नर्सरी तथा फर्महरूले उत्पादन गरेका गोदावरी फूलका पाँचवटा मुख्य प्रजातिबीच प्रतिस्पर्धा गराइनेछ। मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। यस वर्षदेखि कट फ्लावरतर्फ ‘उत्कृष्ट पुष्प सजावट’ विधासमेत थप गरिएको छ।प्रतियोगितामा उत्कृष्ट स्टलका साथै विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो हुने नर्सरी तथा फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रदर्शनीमा नेपालमै व्यावसायिक रूपमा उत्पादन गरिएका गोदावरी फूलका विभिन्न जातसँगै यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीका लागि राखिनेछन्। गोदावरी फूलका अतिरिक्त तिहारमा प्रयोग हुने सयपत्री, मखमलीलगायत मौसमी फूल तथा आलंकारिक बोटबिरुवासमेत उपलब्ध हुनेछन्।पुष्प व्यवसाय सुरु गर्न चाहने तथा घरबगैँचा सजाउन इच्छुक व्यक्तिलाई फूल तथा बिरुवाको उत्पादन, प्रविधि र व्यवस्थापनसम्बन्धी जानकारीसमेत प्रदान गरिने आयोजकले जनाएको छ।यसैगरी, फूल तथा बोटबिरुवामा लाग्ने रोग र कीराबारे जानकारी दिन प्रदर्शनीस्थलमा बालीरोग विशेषज्ञसहितको प्लान्ट क्लिनिक सञ्चालन गरिनेछ। उक्त क्लिनिकमार्फत सर्वसाधारणले बिरुवाको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श लिन सक्नेछन्। प्रदर्शनी अवधिमा सामाजिक उत्तरदायित्वअन्तर्गत लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ। तिहार तथा छठ पर्वका बेला फूलको माग बढ्ने भएकाले प्रदर्शनीले स्वदेशी पुष्प उत्पादनको प्रवद्र्धन, व्यावसायिक कारोबार विस्तार र पुष्प व्यवसायीलाई बजार उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले