पुर्ख्यौली पेसा धान्न रातको अँध्यारोमा जीवन जोखिम : गाउँघरमा फेरी फुक्नेहरूको गुनासो

बिर्तामोड , कार्तिक १०। कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि वर्षभरी घरायसी काममा व्यस्त हुने गरेका छन् । पछिल्लो समय फेरि फुक्न हिड्ने जोगीहरुले असुरक्षा महसुस गर्न थालेका छन् । रातभर फेरी फुकेर विहान दान संकलन गर्ने जोगीहरु असुरक्षा महसुस गर्न थालेका हुन् । दशैैंको पूर्णिमाका दिन बिहान दान संकलन गर्दै हिडेका झापा खुदुनावारीका धनबहादुर जोगीले लागुऔषध सेवनकर्ताहरुबाट आफुहरु असुरक्षित हुने गरेको बताउँछन् । अर्जुनधारा –५ भाङवारीमा भेटिएका धनबहादुरले डरत्राससँगै फेरी लगाउन हिड्नु परेको सुनाउछन् । पहिले जंगली हात्तीको डर हुन्थ्यो, उनले भने – अहिले लागुऔषध सेवनकर्तासँग डर हुन्छ ।धनबहादुरका अनुसार फेरी लगाउन रातको समयमा गाउँगाउँ हिड्नुपर्छ । लागुऔषध खानेले राती नै आक्रमण गर्छन् कि भन्ने त्रास छ । गाउँघरमा अहिले ढुक्क भएर फेरी लगाउन जाने अवस्था नरहेको उनी बताउँछन् ।

धुलेहरुबाट (लागुऔषध प्रयोगकर्ता) ज्यान जोगाउन मुस्किल छ, उनीहरुको केहि भरोसा हुदैन – उनले भने, कसरी रातीराती हिड्नु ? डरमर्दाे छ ।अर्जुनधारामै यसै साता भएको एउटा घटनाको उदाहरण दिदैं उनले रातको समयमा हिड्न चुनौति थपिएको बताए । अर्जुनधारामा एक वृद्धलाई राती बञ्चरो प्रहार गरेर हत्या गरिएको थियो । सो घटनाले पनि आफूहरु थप असुरक्षित महसुस गरिरहेको बताए ।राती १२ बजेदेखि विहान ४ बजेसम्म फेरी फुक्दै हिड्ने धनबहादुर कात्तिक महिना आफुहरुको मुख्य सिजन भएको बताउँछन् । कात्तिक र चैत महिना हिडेर वर्षभरीको अन्न जोहो गर्नुपर्ने उनको भनाई छ । काका काले जोगीसँगै हिड्ने उनले डरत्राससँगै दान संकलन गरेर वर्षभरीको अन्न जोहो गर्नुपर्ने बाध्यता रहेको सुनाए ।आफ्ना पूर्खाहरुले गर्दै आएको कामलाई निरन्तरता दिन निकै कठिनाई भइरहेको काले जोगी बताउँछन् । सिक्किम दार्जिलिङमा लामो समय फेरी लगाएका उनले यहाँ दान संकलन समेत पर्याप्त नहुने गुनासो गरे । सिक्किम, दार्जिलिङमा जस्तो दान यहाँ हुदैन, उनले भने – कात्तिक र चैतमा अरुबेला भन्दा ठिकैठिकै दान हुन्छ । रातभरको हिडाई अनुसारको दान उठ्न छोडेको छ । उनले भने, जोगीलाई ९ किसिमको दान गर्नुपर्ने हुन्छ ।

दान संकलनमा जाँदा मानिसहरूले उनीहरूलाई टिका लगाइदिन्छन् र दक्षिणा, सिदा पनि दिन्छन् । जोगीलाई धान, चामल, नुन, तेल, बेसार र कालो कपडा दान गर्नाले ग्रहदशा राम्रो हुने र घरमा हर्ष, शान्ति र समृद्धिले बास बस्ने विश्वास रहेको छ ।जोगीहरू खेती गर्नुअघि र खेतीपछि कात्तिक र चैत महिनामा भूमिको पूजा गर्ने गर्छन् । हरेक वर्षको चण्डीपूर्णिमाको भोलिपल्ट बिहान घर नजिकैको दोबाटोमा कुुल पूजाको सामग्री बिसर्जन गर्ने बेला वर्षभरी रोगव्याधि हैजा नआओस् भनेर भूमिको पूजा गर्ने गर्छन् ।मौलिक संस्कृति-परम्पराको रूपमा हरेक वर्ष कात्तिक र चैत महिनामा टाढा–टाढासम्म फेरी फुक्नका लागि हिँड्ने गरेका छन् । राति मात्र फेरी (बराँठको सिङ ) फुक्ने जोगीहरू हरेक घरमा पुगी चारवटा सुरमा र मूल ढोकामा उभिएर फेरी फुक्ने गर्दछन् । फेरी फुक्दा कसैसँग बोल्नु नहुने उनीहरु बताउँछन् ।वर्षको दुई पटक फेरी फुक्नाले घरमा भुतप्रेत नलाग्ने, परिवारका सदस्यहरूलाई रोगव्याधि नलाग्ने र दशाहरू टरेर जाने धार्मिक विश्वास रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले