चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर यहाँ बनेको खुकुरी नेपालमा मात्र होइन बिदेशमा समेत चर्चित छ ।भोजपुरमा १९६५ साल देखि खुकुरीको ब्यवसाय शुरु भएको इतिहास पाइन्छ । २०२७ सालमा राजा महेन्द्र भोजपुर आउँदा स्थानिय आरन शिल्पकार सिंहबहादुर बिश्वकर्माले भोजपुरमा बनेको खुकुरी उपहार दिएको पाइन्छ । बिश्वकर्माको खुकरी बनाउने कला देखेर राजा महेन्द्रले एक हजार बक्सिस स्वरुप दिएको र सोही समय देखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी ब्यवसायीहरुको भनाई रहेको छ ।

 

भोजपुरमा पछिल्लो समयमा उत्पादन भन्दा पनि बढी खुकुरीको माग बढेको छ । द्वन्द्वको समयमा बन्द रहेको भोजपुरको खुकुरी ब्यवसाय मुलुकमा आएको शान्ति प्रक्रियासँगै पुन ब्युतिएको थियो । अन्य जिल्लाहरुमा पनि खुकरी बन्ने गरेतापनि यहाँको लोकप्रियता छुट्टै रहेकाले माग अनुसार धान्न समस्या हुने गरेको उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक हिरालाल श्रेष्ठले बताँउनु भयो।दशै तिहार जस्ता पर्वहरु बढी रहदै खुकुरीको माग समेत बढदै गएको छ । भोजपुरमा हाल बुदुना, सिरुपाते, बाँसपाते, चित्लाङ्ग, कोथीमोडा लगायतका खुकुरीहरु उत्पादन हुने गरेको भएता पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ । भोजपुर सदरमुकाम र ग्रामीण क्षेत्रहरुमा उत्पादन भएको खुकरी हाल स्थानिय बजारका अलावा खोटाङ्ग, संखुवासभा, धनकुटा, धरान ,विराटनगरसम्म विक्रीका लागि जाने गरेको छ । भोजपुरमा हुने हरेक कर्मचारीको स्वागत र बिदाईमा समेत भोजपुरे खुकुरी उपहार स्वरुप प्रदान गर्ने गरिएको छ ।

 

भोजपुरको प्रख्यात खुकुरी देशमा मात्र नभएर बिदेशमा समेत चिनिएकाले कर्मचारीलाई बिदाई भएर जाँदा दिने गरिएको कर्मचारी मिलन केन्द्रका भोजपुरका सचिव प्रकाश खडकाले बताँउनु भयो ।खुकरी ब्यवसाय संचालनका लागि चाहिने आवश्यक काठ, कोइला लगायतका सामाग्रीहरुका लागि सरकारी तहबाट सहयोग नमिलेको भए पनि अहिले भने त्यस्तो समस्या नदेखिएको खुकरी ब्यवसायीको भनाई रहेको छ । भोजपुरको दाँवा, कोट, दलगाउँ, बोखिम, दिंला, लगायतका क्षेत्रहरुमा खुकरी उत्पादन हुने गरेको छ ।

 

जिल्लाकै ख्यातीसँग जोडिएको भोजपुरे खुकुरी उत्पादन गर्नु आफूहरुका लागि अवसर भएको बताउँदै सरकारले परम्परागत सिप र व्यवसायलाई संरक्षण गर्न व्यवसायिकरणमा ढाल्न सहयोग गर्नु पर्ने रञ्जिता खुकुरी उद्योग भोजपुरका सञ्चालक दिनेश गजमेरले बताउनुभयो । मुलकमा मात्र नभएर बिदेशमा समेत नाम कमाएको भोजपुरे खुकुरी उद्योगलाई सधै टिकाई राख्न सरकारी निकायबाट पनि आवश्यक सामाग्रीहरुमा सहजता ल्याई सहयोग गर्न जरुरी रहेको व्यवसायीको माग छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि