दक्षिणपूर्वी एसियाबाट ८६० नेपालीको उद्धार, साउदीमा १ को मृत्यु : परराष्ट्र

काठमाडौं ,१३ कार्तीक। परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन ठगी केन्द्रमा नेपालीहरू फस्ने क्रम अझै पूर्ण रूपमा नरोकिएको जानकारी दिनु भयो।उहाँले हालसम्म त्यस्ता ठगी केन्द्रबाट ८६० जना नेपाली नागरिकको उद्धार गरिसकिएको बताँउनु भयो । उहाँले उद्धार गरिएका तथा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन सम्बन्धित देशका सरकारी निकायसँग आवश्यक समन्वय भइरहेको बताँउनु भयो । ठगीमा परेका नेपाली तथा उनीहरूका आफन्तले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली राजदूतावासमा सम्पर्क गर्ने क्रम जारी रहेको बताउनु भयो ।

 

यस्तै, मन्त्रालयले साउदी अरेबियामा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको जनाएको छ । साउदी अरेबियाको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणको नेपाल सरकारले यसअघि नै भत्र्सना गरिसकेको प्रवक्ता पौडेल क्षेत्रीले बताउनु भयो । मन्त्रालयले गत असोज २५ गते प्रेस विज्ञप्ति जारी गर्दै विवादको समाधान शान्तिपूर्ण माध्यमबाट गर्न आह्वान गरेको थियो ।सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुनेमा नेपाल सरकारले जोड दिएको उहाँले बताउनु भयो ।कात्तिक ४ गते भएको घटनामा एक नेपाली नागरिकको दुःखद् निधन भएको जानकारी दिँदै मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । मृतकको शव नेपाल ल्याउने विषयमा नेपाली राजदूतावास रियादबाट आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

 

क्षेत्रीय सहयोगअन्तर्गत बिमस्टेकको पहिलो गृह मन्त्रीस्तरीय बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । १३ अक्टोबर २०२६ मा सम्पन्न बैठकले आतंकवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य र संयुक्त प्रतिकार्य सुदृढ गर्ने विषयसहित २६ बुँदे घोषणापत्र जारी गरेको छ ।बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका गृहमन्त्री सुधन गुरुङले बिमस्टेक सदस्य राष्ट्रहरूका साझा सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।यसैगरी, सार्कको १५औँ महासचिवका रूपमा कार्यकाल पूरा गरी महासचिव मोहम्मद गोलाम सरवार स्वदेश फर्किएको बताँउनु भयो । सार्कको १६औँ महासचिवका रूपमा भुटानका तासो सोनाम तोब्गे छिट्टै काठमाडौं आउने उहाँले बताँउनु भयो ।

 

यस अवधिमा विभिन्न पाँच देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस गर्नु भएको छ । मन्त्रालयका अनुसार असोज २८ गते नेपालका लागि युरोपेली संघ, इन्डोनेसिया, सुडान गणतन्त्र, घाना र ब्रुनाई दारुसलामका राजदूतहरूले राष्ट्रपति पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस गर्नु भएको छ ।परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली कार्यान्वयनको तीन महिनाको अवधि पूरा भएको जनाएको छ । प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या समाधान गर्दै सेवा प्रवाहलाई सहज बनाउने काममा मन्त्रालय र सम्बन्धित विभाग प्रतिबद्ध रहेको प्रवक्ता पौडेल क्षेत्रीले बताउनु भयो ।हालसम्म ७७ जिल्ला प्रशासन कार्यालय, २४ इलाका प्रशासन कार्यालय र विदेशस्थित ३९ नेपाली नियोगमा लाइभ इनरोलमेन्ट सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । नयाँ प्रणालीबाट हालसम्म करिब २ लाख ५० हजार राहदानी छपाइ भइसकेको जानकारी पनि मन्त्रालयले दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौंमा अतिक्रमित ३०२ रोपनी जग्गा ३१ वर्षपछि सरकारको नाममा

काठमाडौं ,१३ कार्तीक। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका सातवटा वडामा रहेको ३०२

नावा खोलामा बस फस्दा तमोर करिडोर ठप्प, ३० यात्रुको जीवित उद्धार

पाँचथर ,१३ कार्तीक । अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोर अन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ।ताप्लेजुङबाट काठमाडौंतर्फ जाँदै गरेको

इलाममा मेडिकल कलेज माग्दै डा. केसीको २५औँ सत्याग्रह दोस्रो दिन पनि जारी

इलाम,१३ कार्तीक । पूर्वी पहाडी जिल्ला इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने लगायत चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै डा. गोविन्द केसीले सुरु

बाढी प्रभावित करिडोरमा प्रहरी चौकी पुनःस्थापना र बेपत्ताको खोजी तीव्र

काठमाडौं ,१३ कार्तीक। भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा गएको बाढीबाट प्रभावित स्थानमा नेपाल प्रहरीले प्रहरी चौकी पुनःस्थापना तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिएको छ

‘मिसेस नेपाल वर्ल्ड’ का लागि ‘मिसेस वर्ल्ड’ नेपालमा

काठमाडौं ,१३ कार्तीक। ‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुग्नु भएको छ । नेपालमा पहिलोपटक आँउनु

दक्षिणपूर्वी एसियाबाट ८६० नेपालीको उद्धार, साउदीमा १ को मृत्यु : परराष्ट्र

काठमाडौं ,१३ कार्तीक। परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको

कञ्चनपुर–राजाबासमा नयाँ पुल निर्माण हुने

सप्तरी,१३ कार्तीक । सप्तरी र सुनसरी जिल्ला जोडिएको ऐतिहासिक कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबास सम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण