नावा खोलामा बस फस्दा तमोर करिडोर ठप्प, ३० यात्रुको जीवित उद्धार

पाँचथर ,१३ कार्तीक । अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोर अन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ।ताप्लेजुङबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न नावा खोला पार गर्ने क्रममा बाढीमा फसेको हो। बिहीबार बिहानदेखि निरन्तर भइरहेको वर्षाका कारण खोलामा पानीको बहाव बढेका बेला पार गर्न खोज्दा बस फसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। बस फसेपछि त्यसमा सवार करिब ३० जना यात्रुलाई एक्स्काभेटरको सहायताले सुरक्षित उद्धार गरिएको स्थानीय रोशन कार्कीले जानकारी दिनु भयो।

बसमा सवार यात्रुहरूको सुरक्षित उद्धार भए पनि खोलामा पानीको बहाव उच्च रहेकाले बस निकाल्न कठिनाइ भएको छ। नावा खोलामा आएको बाढीका कारण तमोर करिडोरको उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।बिहीबारदेखि भइरहेको निरन्तर वर्षाले खोलामा पानीको सतह बढेपछि हाललाई उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको हो।

 

कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ र सुनसरीका तराई क्षेत्रलाई धनकुटा, तेह्रथुम, पाँचथर हुँदै हिमाली जिल्ला ताप्लेजुङसँग जोड्ने महत्त्वपूर्ण द्रुत मार्गका रूपमा तमोर करिडोरलाई लिइन्छ। तर, पाँचथर र धनकुटाको सीमामा पर्ने नावा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा बाढी आउना साथ सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।पुलको अभावमा यात्रु तथा सवारीसाधनले जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता रहेको छ भने पानीको बहाव बढ्दा यातायात सम्पर्क नै विच्छेद हुने गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौंमा अतिक्रमित ३०२ रोपनी जग्गा ३१ वर्षपछि सरकारको नाममा

काठमाडौं ,१३ कार्तीक। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका सातवटा वडामा रहेको ३०२

नावा खोलामा बस फस्दा तमोर करिडोर ठप्प, ३० यात्रुको जीवित उद्धार

पाँचथर ,१३ कार्तीक । अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोर अन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ।ताप्लेजुङबाट काठमाडौंतर्फ जाँदै गरेको

इलाममा मेडिकल कलेज माग्दै डा. केसीको २५औँ सत्याग्रह दोस्रो दिन पनि जारी

इलाम,१३ कार्तीक । पूर्वी पहाडी जिल्ला इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने लगायत चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै डा. गोविन्द केसीले सुरु

बाढी प्रभावित करिडोरमा प्रहरी चौकी पुनःस्थापना र बेपत्ताको खोजी तीव्र

काठमाडौं ,१३ कार्तीक। भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा गएको बाढीबाट प्रभावित स्थानमा नेपाल प्रहरीले प्रहरी चौकी पुनःस्थापना तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिएको छ

‘मिसेस नेपाल वर्ल्ड’ का लागि ‘मिसेस वर्ल्ड’ नेपालमा

काठमाडौं ,१३ कार्तीक। ‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुग्नु भएको छ । नेपालमा पहिलोपटक आँउनु

दक्षिणपूर्वी एसियाबाट ८६० नेपालीको उद्धार, साउदीमा १ को मृत्यु : परराष्ट्र

काठमाडौं ,१३ कार्तीक। परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको

कञ्चनपुर–राजाबासमा नयाँ पुल निर्माण हुने

सप्तरी,१३ कार्तीक । सप्तरी र सुनसरी जिल्ला जोडिएको ऐतिहासिक कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबास सम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण