आईटी तथा गेमिङ क्षेत्रका समस्या समाधान गर्न सरकारको तयारी

काठमाडौं,१४ कार्तीक। नेपाली गेमिङ तथा सूचना प्रविधि (आईटी) उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले विद्यमान नीति, नियम र व्यावसायिक वातावरण पुनरावलोकन गर्ने भएको छ।गेम डेभलपमेन्ट कम्पनीका समस्या समाधान गर्दै नेपालबाटै विश्वस्तरका प्रविधि कम्पनी स्थापना गर्न सहज वातावरण बनाइने भएको हो।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा बनेका गेमले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताँउनु भएको छ।उहाँका अनुसार विश्वभर चर्चित लुडो गेम करिब २० करोड पटक डाउनलोड भएको छ भने कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएको छ। यी दुवै गेम नेपालीले नै निर्माण गरेका हुन्। नेपालमा सयौं युवा गेम एप निर्माणमा सक्रिय रहेको पनि उहाँले बताँउनु भएको छ।

 

गेमिङ उद्योगमा संलग्न डेभलपर तथा उद्यमीहरूसँग छलफल गरेर उनीहरूका समस्या र चुनौती बुझ्ने काम गरिएको उहाँले जानकारी दिनु भएको छ। ‘हामीले उहाँहरूलाई बोलाएर समस्याहरू पनि बुझ्यौं र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सजिलो बनाउन तथा उद्योगका रूपमा अघि बढाउने विषयमा कुरा गर्‍यौँ। अब उहाँहरूका समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ,’ उहाँले भन्नु भएको छ।नेपालबाटै विश्वस्तरका ठूला प्रविधि कम्पनी निर्माण गर्न सहज हुने गरी नीतिगत तथा कानुनी व्यवस्था पुनरावलोकन गरिने उहाँले बताउनु भएको छ।आईटी उत्पादन तथा सेवा निर्यातको सम्भावना बढ्दै गएको उल्लेख गर्दै उहाँले नेपाली प्रतिभा र कम्पनीले सहज रूपमा आम्दानी गर्न तथा त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गरिने बताँउनु भएको छ।

 

उहाँले भन्नु भएको छ, ‘आईटीका उत्पादन र निर्यात अहिले निकै सम्भावनायुक्त अवस्थामा छन्। हाम्रो प्रतिभा र कम्पनीहरूले सहजै कमाउने र पुनः लगानी गर्ने कुरालाई ध्यानमा राख्दै करमा सहजता र नीतिगत सुधार गर्नेछौं। अन्तर्राष्ट्रिय आम्दानीमा लागू हुने परम्परागत कडा नियमलाई पनि अझ सहज बनाउनेछौं।’गेमिङ तथा समग्र आईटी उद्योगको विकासका लागि सरकारले विभिन्न कार्यक्रम र गतिविधिमा लगानी गर्ने योजना पनि अघि सारेको छ।यसअन्तर्गत गेम जाम, स्टार्टअप कार्यक्रम, ह्याकाथन तथा आईटी क्षेत्रसँग सम्बन्धित अन्य कार्यक्रम सञ्चालन र प्रवर्द्धन गरिनेछ। त्यस्तै, आईटी क्षेत्र, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय बीच नियमित अन्तरक्रियाको व्यवस्था गरिने उहाँले बताँउनु भएको छ।‘गेम जाम, स्टार्टअप इभेन्ट, आईटी क्षेत्र र राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबीच नियमित अन्तरक्रिया, ह्याकाथन र समग्र आईटी उत्पादन तथा गेमिङ उद्योगलाई फाइदा हुने इकोसिस्टम निर्माणका कार्यक्रमहरूमा लगानी गर्नेछौं,’ उहाँले भन्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।

वर्षा र पानी निकासको समस्याले त्रिवि क्रिकेट मैदानमा खेल अनिश्चित

काठमाडौं,१४ कार्तीक । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन गर्न कठिन भएको बताँउनु भएको

फेटामा स्वास्थ्य चौकी उदघाटन विवादमा गोली चल्यो, एक जना गम्भीर घाइते

बारा,१४ कार्तीक ।बाराको फेटा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन्। घटनापछि आक्रोशित स्थानीयले १०

‘पत्रकार पक्राउबारे सत्यतथ्य सार्वजनिक गरी छानबिन होस्’ : विश्वप्रकाश शर्मा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले संचारगृह र पत्रकारहरु माथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्ने बताँउनु भएको छ।शनिबार एक विज्ञप्ति जारी