‘पत्रकार पक्राउबारे सत्यतथ्य सार्वजनिक गरी छानबिन होस्’ : विश्वप्रकाश शर्मा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले संचारगृह र पत्रकारहरु माथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्ने बताँउनु भएको छ।शनिबार एक विज्ञप्ति जारी गर्दै शर्माले संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिर माथि तरबार झुण्याउने गैह्र कानुनी धन्धा बन्द गरी पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गर्नुपर्ने बताँउनु भएको छ ।‘पक्राउ परेका पत्रकार छुटिसके, कुरा सकियो होइन । यस्तो किन गरियो, निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने, यो मुख्य प्रश्नको जवाफ जरुरी छ ।

 

संचार गृह अगाडि मोटर राखेर केहि महिना अघि ‘आतंक’ सृजना गर्ने को थिए ? दोषि ‘पत्ता लगाएर’ सार्वजनिक गर्न सरकारले चाहेन । अहिले संचार गृहभित्रै छिरेर पत्रकार पक्रीदा प्रधानमन्त्री कार्यालयले भन्यो–‘गिरफ्तारीमा हामी संलग्न थिएनौं’ । प्रश्न प्रधानमन्त्री कार्यालय संलग्न थियो कि थिएन भन्ने होइन, प्रश्न मुलुकको चौथो अंगमाथि यस्ता हरकत हुँदा सरकार ‘सरकारका रुपमा’ देखिने, भेटिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने हो,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको ।सत्तारूढ पार्टीले ‘गिरफ्तारी गैर्हे कानुनी’ भन्यो, समयमै भन्यो, सहि भन्यो, ठिक छ । तर गैर्हे कानुनी कर्मको निरन्तरता घटना होइन प्रवृत्ति बन्दै जाँदा प्रश्न उठ्छ सत्तारूढ पार्टीको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रतालाई सरकारले समर्थन मात्रै गर्छ कि रक्षा पनि गर्छ ?अनि गिरफ्तारी गैह्र कानुनी भनिराखेर सरकार बनाउने पार्टीको दायित्व सकिन्छ कि त्यो भन्दा पर गैह्र कानुनी धन्धा नियन्त्रणमा उसको हैसियतलाई सरकारले सुन्छ र मान्छ पनि ?’ उहाँले प्रश्न गर्नु भयो ।

 

‘हामी स्वतन्त्र तर उत्तिकै मर्यादित प्रेसको पक्षमा छौं । गलत र भ्रमपुर्ण समाचार खण्डन, नियन्त्रण र आवश्यक कार्वाहीका लागि निश्चित बिधि छन् तिनको अनुसरण गरौं । संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुण्याउने गैह्र कानुनी धन्धा बन्द गरौं पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गरोस्,’ शर्माले विज्ञप्तिमार्फत भन्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।

वर्षा र पानी निकासको समस्याले त्रिवि क्रिकेट मैदानमा खेल अनिश्चित

काठमाडौं,१४ कार्तीक । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन गर्न कठिन भएको बताँउनु भएको

फेटामा स्वास्थ्य चौकी उदघाटन विवादमा गोली चल्यो, एक जना गम्भीर घाइते

बारा,१४ कार्तीक ।बाराको फेटा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन्। घटनापछि आक्रोशित स्थानीयले १०

‘पत्रकार पक्राउबारे सत्यतथ्य सार्वजनिक गरी छानबिन होस्’ : विश्वप्रकाश शर्मा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले संचारगृह र पत्रकारहरु माथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्ने बताँउनु भएको छ।शनिबार एक विज्ञप्ति जारी