फेटामा स्वास्थ्य चौकी उदघाटन विवादमा गोली चल्यो, एक जना गम्भीर घाइते

बारा,१४ कार्तीक ।बाराको फेटा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन्। घटनापछि आक्रोशित स्थानीयले १० भन्दा बढी मोटरसाइकलमा आगजनी गरेको बताइन्छ ।नवनिर्मित भवनमा विद्युत्, खानेपानीलगायत आधारभूत पूर्वाधारको व्यवस्थापन नै नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका थिए। भवन सञ्चालनका लागि आवश्यक सुविधा सुनिश्चित नगरी उद्घाटन गर्न खोजिएको स्थानीयको आरोप छ । त्यसपछि उनीहरु र गाउँपालिका नेतृत्वबीच विवाद उत्पन्न भएको हो ।

 

रास्वपा महाधिवेशन प्रतिनिधिसमेत रहनु भएका गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी विवेकशील साझा हुँदै रास्वपा प्रवेश गर्नु भएको हो। उहाँले स्थानीयको विरोधका बाबजुद जबर्जस्ती उदघाटन गर्न खोजेपछि विवाद चर्किएको बताइन्छ ।घटनापछि फेटा क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। गोली कसले र किन चलायो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयले गरेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।

वर्षा र पानी निकासको समस्याले त्रिवि क्रिकेट मैदानमा खेल अनिश्चित

काठमाडौं,१४ कार्तीक । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन गर्न कठिन भएको बताँउनु भएको

फेटामा स्वास्थ्य चौकी उदघाटन विवादमा गोली चल्यो, एक जना गम्भीर घाइते

बारा,१४ कार्तीक ।बाराको फेटा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन्। घटनापछि आक्रोशित स्थानीयले १०

‘पत्रकार पक्राउबारे सत्यतथ्य सार्वजनिक गरी छानबिन होस्’ : विश्वप्रकाश शर्मा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले संचारगृह र पत्रकारहरु माथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्ने बताँउनु भएको छ।शनिबार एक विज्ञप्ति जारी