झापामा मोटरसाइकल दुर्घटना बढ्दो : एकै दिन ११ जना घाइते

झापा, १७ कात्तिक । झापाका विभिन्न स्थानमा भएका पाँच छुट्टाछुट्टै दुई पाङ्ग्रे सवारी दुर्घटनामा परी ११ जना घाइते भएका छन्।हिजो मँगलबार साँझ ६ : १५ बजे शिवसताक्षी नगरपालिका–८, दुर्गा चोकस्थित झिलझिले–शिवगंज सडकखण्डमा प्रदेश १–०१–०१४ प ४३९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। घाइते हुनेमा पैदलयात्री ५३ वर्षीय गोकुल थापा (अवस्था गम्भीर), चालक १९ वर्षीया साधना चिमरिया र पछाडि सवार ३३ वर्षीय विशाल बुढाथोकी रहनु भएको छ। उहाँहरूको बीएण्डसी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ।

 

यसैगरी, हिजो दिउँसो १ बजे गौरादह–२, विद्युत् प्राधिकरण अगाडि प्र १–०१–०१३ प ९९८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६० वर्षीया निरा अधिकारी घाइते हुनु भएको छ। टाउको र हातखुट्टामा चोट लागेको उहाँको गौरादह नगर अस्पतालमा उपचार भइरहेको छ भने चालक सरिला विक उपचारमा संलग्न हुनुन्छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा छ।त्यस्तै, हिजो बिहान ९ः३५ बजे बुद्धशान्ति गाउँपालिका–३, कालीखोला नजिक चारआली–बुधबारे सडकखण्डमा मे ०९ प ३४१४ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३४ वर्षीय सन्तोष खवास घाइते हुनु भएको छ। उहाँको भगीरथ अस्पताल, बुधबारेमा उपचार भइरहेको छ।

 

उता, बिहान १० : ४५ बजे कमल गाउँपालिका–६, दहिचोकस्थित भित्री सडकमा बा २१ च ४७४९ नम्बरको कार र को ३० प २३७६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक १८ वर्षीय अजित रसाइली घाइते हुनु भएको छ। दुवै खुट्टा र छातीमा चोट लागेको उहाँको लाइफलाइन अस्पताल, दमकमा उपचार भइरहेको छ। दुवै सवारी साधन इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

 

यसैबीच, बिहान ११ः १५ बजे मेचीनगर–११, सृजनशील टोलमा प्रदेश १–०१–०१५ प ४४५९ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४९ प २४८९ नम्बरको स्कुटी एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक ५८ वर्षीय बृहस्पति पाण्डे, पछाडि सवार ६३ वर्षीय भवानी तिमल्सिना तथा स्कुटी चालक ६३ वर्षीय केदार खतिवडा र पछाडि सवार ६१ वर्षीया सावित्रा खतिवडा रहनु भएको छ। उहाँहरूको बीएण्डसी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ भने प्रहरी चौकी चारआलीले सवारी साधन नियन्त्रणमा लिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौँमा प्रहरीको विशेष ‘स्वीप अपरेसन’ : एक सातामै ८२ फरार कसुरदारसहित ६४० जना पक्राउ

काठमाडौँ , कार्तिक १७। काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४०

काठमाडौँमा गैरकानुनी रूपमा बसोबास गर्ने पाँच विदेशी नागरिक पक्राउ, १४ थान राहदानी बरामद

काठमाडौँ , कार्तिक १७। काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स

ट्यालेन्ट हन्टबाट चम्किएका एनपीएलका नयाँ प्रतिभाहरू

काठमाडौं,१७ कार्तीक । त्रिवि त्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको दुई वटा खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरका १६ वर्षे राहुल यादव

नेता, मन्त्री र जनप्रतिनिधि फेरिए तर फेरिएन इलाका प्रहरी कार्यालय कटहरियाको मुहार

रौतहट , कार्तिक १७। रौतहटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को केन्द्र तथा जिल्लाकै चर्चित बजार कटहरियामा रहेको इलाका प्रहरी कार्यालयले भवन अभावको समस्या

दाङका सामुदायिक वन तथा झाडीमा लुकाइएका १४ नाल अवैध भरुवा बन्दुक बरामद

दाङ , कार्तिक १७। दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी

बेपत्ताको हकमा स्वघोषणाबाटै मृत्यु दाबी भुक्तानी गर्न जीवन बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौँ , कार्तिक १७। नेपाल बीमा प्राधिकरणले रसुवा बाढीमा प्रभावित क्षेत्रका बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

हुम्लामा अत्यधिक चिसो : खुला चौरमै पठनपाठन

हुम्ला,१७ कार्तीक । हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन्