दशौँ राष्ट्रिय खेलकुदको मुख्य गन्तव्य बन्दै वीरेन्द्रनगरको आधुनिक प्रदेश रंगशाला

सुर्खेत , कार्तिक १७। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रंगशाला अहिले कर्णालीको खेलकुद गौरव र पहिचानको नयाँ आधार बनेको छ । आधुनिक खेल पूर्वाधारसहित निर्माण गरिएको यस रंगशालाले कर्णालीलाई राष्ट्रिय खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको मुख्यमन्त्री मंगलवहादुर शाहीले बताउनुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थलका रूपमा रहेको प्रदेश रंगशाला करिब १० हजार दर्शक अट्ने क्षमताको छ । प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिएको रंगशालामा फुटबल मैदान, एथलेटिक्स ट्र्याक, पौडी पोखरी, कभर्ड हललगायत विभिन्न खेलका पूर्वाधार तयार गरिएका छन् । रंगशालामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान र आठ लेनको एथलेटिक्स ट्र्याक निर्माण गरिएको छ । त्यस्तै खेलाडी, रेफ्री, सञ्चारकर्मी तथा स्वास्थ्य सेवाका लागि आवश्यक कक्षसमेत बनाइएको छ । पौडी पोखरी र बहुउद्देश्यीय कभर्ड हलले रंगशालालाई विभिन्न खेल गतिविधि सञ्चालन गर्न सकिने बहुउपयोगी खेल परिसरका रूपमा विकास गरेको छ ।

करिब एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो रंगशाला कर्णाली प्रदेशको खेलकुद पूर्वाधार विकासमा ठूलो उपलब्धिका रूपमा हेरिएको छ । यसले फुटबल र एथलेटिक्समा मात्र नभई पौडी, भलिबल, बास्केटबल, ह्यान्डबललगायत खेलको अभ्यास र प्रतियोगिता सञ्चालनका लागि समेत आधार तयार गरेको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन तथा समापन समारोह यही रंगशालामा आयोजना गर्ने तयारी गरिएको छ । प्रतियोगिताको तयारीसँगै रंगशालाले राष्ट्रियस्तरमा चर्चा पाउन थालेको छ । सोमबार रंगशालाबाटै दशौँ राष्ट्रिय खेलकुदको ३० दिने काउन्टडाउनसमेत सुरु गरिएको थियो । रंगशालाको निर्माणले कर्णालीका खेलाडीका लागि आफ्नै प्रदेशमा आधुनिक खेल पूर्वाधार प्राप्त गर्ने अवसर सिर्जना गरेको छ । यसअघि व्यवस्थित खेल मैदान र प्रशिक्षण पूर्वाधारको अभाव झेल्दै आएका खेलाडीले अब नियमित अभ्यास र प्रतिस्पर्धाका लागि थप अवसर पाउने अपेक्षा गरिएको छ ।

प्रदेश रंगशालाले खेलकुदसँगै आर्थिक तथा पर्यटन गतिविधि विस्तारमा समेत योगदान पु¥याउन सक्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुँदा देशका विभिन्न प्रदेशबाट खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र दर्शक सुर्खेत आउनेछन् । यसले होटल, यातायात, व्यापार तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने व्यवसायीहरुले अपेक्षा गरेका छन् । कर्णाली प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनाले भरिपूर्ण प्रदेश हो । यस्तो प्रदेशमा आधुनिक खेल पूर्वाधार निर्माण हुनुले खेलकुदलाई पर्यटनसँग जोड्ने अवसरसमेत सिर्जना गरेको छ । प्रदेश रंगशालाको वास्तविक उपलब्धि भने प्रतियोगिता सकिएपछि अझ स्पष्ट हुनेछ । यसलाई नियमित खेल प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता तथा खेलाडी उत्पादनको केन्द्रका रूपमा सञ्चालन गर्न सके कर्णालीको खेलकुद विकासमा दीर्घकालीन योगदान पुग्ने सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले बताउनुभयो। दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि प्रतियोगिता आयोजना गर्ने अवसर मात्र नभई आफ्नो क्षमता, पूर्वाधार र सम्भावना राष्ट्रियस्तरमा चिनाउने अवसर पनि हो । प्रदेश रंगशाला त्यसैको महत्वपूर्ण प्रतीक बनेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौँमा प्रहरीको विशेष ‘स्वीप अपरेसन’ : एक सातामै ८२ फरार कसुरदारसहित ६४० जना पक्राउ

काठमाडौँ , कार्तिक १७। काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४०

काठमाडौँमा गैरकानुनी रूपमा बसोबास गर्ने पाँच विदेशी नागरिक पक्राउ, १४ थान राहदानी बरामद

काठमाडौँ , कार्तिक १७। काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स

ट्यालेन्ट हन्टबाट चम्किएका एनपीएलका नयाँ प्रतिभाहरू

काठमाडौं,१७ कार्तीक । त्रिवि त्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको दुई वटा खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरका १६ वर्षे राहुल यादव

नेता, मन्त्री र जनप्रतिनिधि फेरिए तर फेरिएन इलाका प्रहरी कार्यालय कटहरियाको मुहार

रौतहट , कार्तिक १७। रौतहटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को केन्द्र तथा जिल्लाकै चर्चित बजार कटहरियामा रहेको इलाका प्रहरी कार्यालयले भवन अभावको समस्या

दाङका सामुदायिक वन तथा झाडीमा लुकाइएका १४ नाल अवैध भरुवा बन्दुक बरामद

दाङ , कार्तिक १७। दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी

बेपत्ताको हकमा स्वघोषणाबाटै मृत्यु दाबी भुक्तानी गर्न जीवन बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौँ , कार्तिक १७। नेपाल बीमा प्राधिकरणले रसुवा बाढीमा प्रभावित क्षेत्रका बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

हुम्लामा अत्यधिक चिसो : खुला चौरमै पठनपाठन

हुम्ला,१७ कार्तीक । हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन्