सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा एकको मृत्यु, एक घाइतेको उपचार जारी

काठमाडौं,१७ कार्तीक । सोलुखुम्बुमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा घाइते भएका एक जनालाई उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ। दुर्घटनामा एक भारतीय पर्यटकको मृत्यु भएको छ।मंगलबार बिहान सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा फिस्टेल एयर र डाइनास्टिक एयरका दुई हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका थिए।

 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार बिहान ८ बजेर ११ मिनेटमा भएको दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको हो।दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल पुर्‍याइएको प्रहरी निरीक्षक तामाङले जानकारी दिनु भयो।प्रहरीका अनुसार घाइते पटेलसँग भारतीय राहदानी भए पनि उहाँ न्युजिल्यान्डका नागरिक हुनुन्छ। उहाँको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन।

 

दुर्घटनामा मृत्यु भएका भारतीय नागरिकको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।दुर्घटनामा संलग्न दुवै हेलिकप्टरका पाइलट भने सकुशल रहेका छन्। दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी छ।हेलिकप्टर अवतरणका क्रममा कसरी आपसमा ठोक्किए भन्ने विषयमा थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौँमा प्रहरीको विशेष ‘स्वीप अपरेसन’ : एक सातामै ८२ फरार कसुरदारसहित ६४० जना पक्राउ

काठमाडौँ , कार्तिक १७। काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४०

काठमाडौँमा गैरकानुनी रूपमा बसोबास गर्ने पाँच विदेशी नागरिक पक्राउ, १४ थान राहदानी बरामद

काठमाडौँ , कार्तिक १७। काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स

ट्यालेन्ट हन्टबाट चम्किएका एनपीएलका नयाँ प्रतिभाहरू

काठमाडौं,१७ कार्तीक । त्रिवि त्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको दुई वटा खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरका १६ वर्षे राहुल यादव

नेता, मन्त्री र जनप्रतिनिधि फेरिए तर फेरिएन इलाका प्रहरी कार्यालय कटहरियाको मुहार

रौतहट , कार्तिक १७। रौतहटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को केन्द्र तथा जिल्लाकै चर्चित बजार कटहरियामा रहेको इलाका प्रहरी कार्यालयले भवन अभावको समस्या

दाङका सामुदायिक वन तथा झाडीमा लुकाइएका १४ नाल अवैध भरुवा बन्दुक बरामद

दाङ , कार्तिक १७। दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी

बेपत्ताको हकमा स्वघोषणाबाटै मृत्यु दाबी भुक्तानी गर्न जीवन बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौँ , कार्तिक १७। नेपाल बीमा प्राधिकरणले रसुवा बाढीमा प्रभावित क्षेत्रका बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

हुम्लामा अत्यधिक चिसो : खुला चौरमै पठनपाठन

हुम्ला,१७ कार्तीक । हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन्