बेपत्ताको हकमा स्वघोषणाबाटै मृत्यु दाबी भुक्तानी गर्न जीवन बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौँ , कार्तिक १७। नेपाल बीमा प्राधिकरणले रसुवा बाढीमा प्रभावित क्षेत्रका बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले ८ बुँदे परिपत्र जारी गर्दै निर्देशन दिएको हो । गत भदौ १० गते भोटेकोशी, त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट प्रभावित भएका बीमितहरूको हितलाई ध्यानमा राख्दै मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानी प्रक्रियामा देहायबमोजिमको सरलीकृत व्यवस्था लागू गर्न निर्देशन दिइएको हो । निर्देशनमा जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई दाबी भुक्तानी प्रक्रियालाई झन्झटमुक्त बनाउनुका साथै प्रिमियम र कर्जाको किस्ता तिर्न ६ महिनाको अतिरिक्त समय उपलब्ध गराएको छ।

 

यस्तो छ निर्देशनको सार 
१. न्यूनतम विवरणमै निवेदन मान्य: दाबीका लागि बीमितको नाम, मृत्युको मिति र कारण, बीमालेख नम्बर तथा दाबीकर्ताको नाता खुलाएर सामान्य निवेदन दिए पुग्ने।
२. सरकारी परिचयपत्रलाई मान्यता: दाबीकर्ताको पहिचान र नाता प्रमाणीकरणका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स, राहदानी वा लालपुर्जा पेस गर्न सकिने।
३. सिफारिस र न्यायिक घोषणा मान्य: मृत्यु वा बेपत्ता पुष्टि गर्न स्थानीय तहको सिफारिस वा अदालतको न्यायिक घोषणालाई आधिकारिक मान्नुपर्ने।
४. सक्कल कागजात नचाहिने: बाढीमा सक्कल बीमालेख नष्ट भएको भए कम्पनीकै अभिलेखमा रहेको विवरणका आधारमा दाबी भुक्तानी गर्नुपर्ने।

५. निःशुल्क प्रतिलिपि बीमालेख: बीमितले माग गरेमा कम्पनीले बिनाकुनै शुल्क बीमालेखको प्रतिलिपि उपलब्ध गराउनुपर्ने।

६. अभिलेख अद्यावधिकमा सहकार्य: कम्पनीका कागजात नष्ट भएको अवस्थामा बीमित र अभिकर्ताले विवरण दिएर अभिलेख अद्यावधिक गर्न सघाउनुपर्ने।

७. किस्ता तिर्न ६ महिना ब्याज छुटसहित म्याद: बीमाशुल्क वा कर्जाको किस्ता तिर्न नसक्नेहरूलाई ६ महिनासम्म कुनै ब्याज वा जरिवाना नलिई म्याद थप गर्नुपर्ने।

८. बेपत्ताको हकमा स्वघोषणाबाटै भुक्तानी: बेपत्ता बीमितको हकमा हकवालाले पछि जीवित भेटिए कानुनबमोजिम सजाय भोग्न तयार रहेको स्वघोषणा गरेपछि मृत्यु दाबी भुक्तानी दिनुपर्ने।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उमा भुजेल नेतृत्वको समूह आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, पेरिसडाँडामा एकता घोषणा सभा

विराटनगर , कार्तिक १७। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा बनेको राजनीतिक समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित

एनपीएलमा लोकेश बमको अर्धशतक : २९ बलमा ५० रन बनाएर आउट

काठमाडौं , कार्तिक १७। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।कीर्तिपुरस्थित त्रिवि

१० महिनामै पौने तीन लाख विदेशी पर्यटक मुस्ताङमा : सङ्ख्यामा ७७ प्रतिशतभन्दा बढीको वृद्धि

मुस्ताङ , कार्तिक १७। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म

मेची भन्सारले पहिलो तीन महिनामा उठायो चार अर्ब ६७ करोड राजस्व, लक्ष्यको झन्डै ९५ प्रतिशत हासिल

झापा , कार्तिक १७। मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

५९ बिघा जग्गा सट्टापट्टा गरी बिक्री गरेको आरोपमा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ , कार्तिक १७। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध  भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ , कार्तिक १७। पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार

बिचौलियासँगको उठबस विवादमा तानिएपछि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा

काठमाडौँ , कार्तिक १७ । विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन्। सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रका अनुसार फुयाल मंगलबार (आज)देखि शुक्रबारसम्म चार