विराटनगर , कार्तिक १७। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा बनेको राजनीतिक समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ । दुई पार्टीबीच आगामी आज औपचारिक एकता घोषणा हुँदैछ । कार्यक्रम दिउँसो १ बजे कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुनेछ । विप्लव नेतृत्वको पार्टीबाट अलग भएपछि भुजेलको नेतृत्वमा राष्ट्रिय भेला आयोजना गरिएको थियो । उक्त भेलाले १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो । त्यसयता छुट्टै राजनीतिक गतिविधि गर्दै आएको भुजेल नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णयमा पुगेको हो । एकतापछि दुवै पार्टीका नेता तथा कार्यकर्ता एउटै राजनीतिक संगठनमा आबद्ध हुनेछन् । कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र राजनीतिक ध्रुवीकरणलाई अघि बढाउने उद्देश्यले एकता हुन लागेको बताइएको छ ।पछिल्लो समय विभिन्न कम्युनिस्ट घटकबीच एकता र सहकार्यका प्रयास भइरहेका बेला भुजेल नेतृत्वको समूह पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेको हो । एकता घोषणासँगै भुजेल नेतृत्वको छुट्टै राजनीतिक संगठन नेपाली कम्युनिस्ट पार्टीमा विलय हुनेछ । गोरखाको अजिरकोट गाउँपालिका काफलडाँडाकी भुजेल ‘गोरखा जेलब्रेकर’ समेत हुन् । दसवर्षे द्वन्द्वको समयमा पक्राउ परेकी भुलेजसहितका महिला लडाकुहरुले सुरुङ खनेर २०५७ चैत १७ गते गोरखा कारागारबाट भागेका थिए ।

तीन अर्धशतकको मद्दतमा विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य
काठमाडौं ,१७ कार्तीक। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका तीन खेलाडीले अर्धशतक प्रहार गर्नु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन









