ट्यालेन्ट हन्टबाट चम्किएका एनपीएलका नयाँ प्रतिभाहरू

काठमाडौं,१७ कार्तीक । त्रिवि त्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको दुई वटा खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरका १६ वर्षे राहुल यादव चर्चामा हुनुन्छ। पहिलो खेलको पहिलो बलमै विकेट र दोस्रो खेलमा चार विकेट ल्याएर प्लेयर अफ द म्याच बनेपछि उहाँको चर्चा सुरु भएको हो ।राहुल बिहीबारको खेलमा हजारौं दर्शकबिच पोस्ट म्याच सेरोमनी र देशका प्रायः सबै प्रमुख सञ्चारमाध्यमबीच पोष्ट म्याच पत्रकार सम्मेलनमा प्रस्तुत हुनु भएको थियो ।

 

अहिले थुपै सञ्चारमाध्यमहरुले उहाँको अन्तरवार्ता लिने भएपछि ध्यान भंग गर्न सक्ने भन्दै टिम म्यानेजरले अन्तरवार्तामा रोक लगाएका छन्। देशभर उहाँको बारेमा एउटै जिज्ञासा छ–‘वर्षौंदेखि क्रिकेट खेलिरहेका सयौं खेलाडीमध्ये नपरेका एनपीएल टोलीमा १६ वर्षे युवालाई कसरी चयन गरियो र प्लेइङ इलेभनमा राखियो ?’जनकपुर बोल्टसका टिम व्यवस्थापक अनुज जैसवालका अनुसार दशैंअघि मधेशका सबै जिल्लाबाट कुनैपनि लिग वा उमेर समूहको टिममा नरहेका कुल ४ सय ४६ जनामा प्रतिस्पर्धा गराएर राहुलको छनोट गरिएको हो ।रौतहटमा गरिएको उक्त छनोटमा स्थानीय एकाडेमीमा खेलीहरहेका राहुल छनोटमा पर्नु भएको थियो । राहुल मात्र होइन उहाँसँगै १० जना पनि छानिएका र उनीहरुलाई समावेश गरेर ‘डेभलपमेन्ट स्क्वायड’ बनाइएको हो ।

 

जनकपुरले एनपीएलको पहिलो संस्करणमा विशाल सुसलिङलाई ट्यालेन्ट हन्टमार्फत भित्र्याएको थियो । उनै विशाललाई अक्सनमार्फत भिर्त्याएको छ । यसैगरी पप्पु यादवलाई पनि अहिलेको टोलीमा समावेश छन् ।

यसैगरी नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम कर्णाली याक्सले एक्स्ट्रिम कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट गरेको छ ।

दैलेखबाट हिक्मत बहादुर शाही, रूकुमबाट भुवन भण्डारी र सुर्खेतबाट कैलाश खड्का छनोट हुनु भएको हो। यो पटक कर्णाली याक्सले सुर्खेत र सल्यानगरी दुई स्थानमा ट्यालेन्ट हन्ट गरेको थियो।

 

सुर्खेतमा २ सय ६ र सल्यानमा १ सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी भएका थिए । कर्णाली याक्सका कन्सल्टेन्ट प्रशिक्षक राजु बस्न्यातको नेतृत्वमा ट्यालेन्ट हन्ट सम्पन्न भएको हो। टोलीकी प्रमुख संयोजक सरिता श्रेष्ठका अनुसार तिनै तीन जना मध्ये हिक्मत बहादुर शाही छनौट हुनु भएको छ ।

यसैगरी पोखरा एभेन्जरर्सले गण्डकी प्रदेशका स्याङ्जा र पोखरामा कार्यक्रम राखेर पहिले नेटमा बलिङ र ब्याटिङमा उत्कृष्ट खेलाडी छानेको थियो । यसरी कुल १ सय ५६ जना मध्ये छानेर दुई टोली बनाइ पुनः ‘पोखरा एभेन्जर्स ग्रिन र पोखरा एभेन्जर्स रेड’ का रूपमा प्रतिस्पर्धा गराइएको थियो ।

त्यसबाट ‘गण्डकी हिरो’ का रूपमा चार जनालाई क्याम्पमा तालिम गराइएको थियो । तिनै मध्यका एक विश्वास पराजुलीलाई ‘आईकोनिक प्लेयर’का रूपमा एनपीएल टोलीमा समावेश गरिएको हो ।

यसैगरी लुम्बिनी लाइन्सले प्रदेशका १२ जिल्ला १२ टोलीबिच प्रतियोगिता गराएर एकै खेलमा आठ विकेट लिएका १७ वर्षीय करण घर्ती मगरलाई टोलीमा स्थान दिएको छ ।

क्यानका बोर्ड सदस्य एवं एनपीएल प्रतियोगिता निर्देशक धिरेन्द्र साउदका अनुसार नयाँ प्रतिभालाई स्थान दिन पहिलो सँस्करण देखिनै मार्क कि प्लेयर र अक्सनबाट खेलाडी चयन गरेसँगै कम्तिमा एउटा खेलाडी ट्यालेन्ट हन्टबाट ल्याउनुपर्ने व्यवस्था गरेको हो ।

‘यसले भर्खरै आफ्नो प्रतिभा तिखार्दै गरेका नव युवाले स्थापित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग ड्रेसिङ रूम शेयर गर्ने र धेरै कुरा सिक्ने मौका पाउनेछन्,’ उहाँको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उमा भुजेल नेतृत्वको समूह आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, पेरिसडाँडामा एकता घोषणा सभा

विराटनगर , कार्तिक १७। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा बनेको राजनीतिक समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित

एनपीएलमा लोकेश बमको अर्धशतक : २९ बलमा ५० रन बनाएर आउट

काठमाडौं , कार्तिक १७। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।कीर्तिपुरस्थित त्रिवि

१० महिनामै पौने तीन लाख विदेशी पर्यटक मुस्ताङमा : सङ्ख्यामा ७७ प्रतिशतभन्दा बढीको वृद्धि

मुस्ताङ , कार्तिक १७। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म

मेची भन्सारले पहिलो तीन महिनामा उठायो चार अर्ब ६७ करोड राजस्व, लक्ष्यको झन्डै ९५ प्रतिशत हासिल

झापा , कार्तिक १७। मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

५९ बिघा जग्गा सट्टापट्टा गरी बिक्री गरेको आरोपमा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ , कार्तिक १७। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध  भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ , कार्तिक १७। पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार

बिचौलियासँगको उठबस विवादमा तानिएपछि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा

काठमाडौँ , कार्तिक १७ । विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन्। सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रका अनुसार फुयाल मंगलबार (आज)देखि शुक्रबारसम्म चार