काठमाडौँमा गैरकानुनी रूपमा बसोबास गर्ने पाँच विदेशी नागरिक पक्राउ, १४ थान राहदानी बरामद

काठमाडौँ , कार्तिक १७। काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको हो। नियन्त्रणमा पर्नेहरूमा बङ्गलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बङ्गलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्। रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्ने क्रममा नौ जना बङ्गलादेशी नागरिकका १४ थान राहदानी र ठूलो संख्यामा आर्थिक लेनदेन भएको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत फेला परेको छ। त्यसैगरी, नियन्त्रणमा परेका जाहिंगिर आलममाथि एक जना बङ्गलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा विचाराधीन रहेको खुलेको छ। उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ। नियन्त्रणमा लिइएका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उमा भुजेल नेतृत्वको समूह आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, पेरिसडाँडामा एकता घोषणा सभा

विराटनगर , कार्तिक १७। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा बनेको राजनीतिक समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित

एनपीएलमा लोकेश बमको अर्धशतक : २९ बलमा ५० रन बनाएर आउट

काठमाडौं , कार्तिक १७। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।कीर्तिपुरस्थित त्रिवि

१० महिनामै पौने तीन लाख विदेशी पर्यटक मुस्ताङमा : सङ्ख्यामा ७७ प्रतिशतभन्दा बढीको वृद्धि

मुस्ताङ , कार्तिक १७। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म

मेची भन्सारले पहिलो तीन महिनामा उठायो चार अर्ब ६७ करोड राजस्व, लक्ष्यको झन्डै ९५ प्रतिशत हासिल

झापा , कार्तिक १७। मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

५९ बिघा जग्गा सट्टापट्टा गरी बिक्री गरेको आरोपमा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ , कार्तिक १७। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध  भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ , कार्तिक १७। पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार

बिचौलियासँगको उठबस विवादमा तानिएपछि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा

काठमाडौँ , कार्तिक १७ । विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन्। सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रका अनुसार फुयाल मंगलबार (आज)देखि शुक्रबारसम्म चार