काठमाडौँ , कार्तिक १७। काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना कसुरदार रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ गतेदेखि १६ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५५९ पुरुष, ७८ महिला र तीन जना अन्य रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना तथा चालु मुद्दामा फरार रहेका २० जना प्रतिवादी रहेका छन् । उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

होर्मुज जलडमरूमा व्यावसायिक जहाज नचलाउन आईएमओको सुझाव
काठमाडौं ,१८ कार्तीक। अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गुएजले होर्मुज जलडमरूबाट व्यावसायिक जहाजको आवतजावत तत्काल नगर्न सुझाव दिनु भयो । जलमार्गमा बिछ्याइएका समुद्री









