पुष्प तथा नर्सरी व्यवसाय प्रवर्द्धनका लागि नीतिगत र प्राविधिक सहयोग गर्छौँ : मन्त्री गीता चौधरी

काठमाडौं , कार्तिक १७। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पुष्प तथा नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताएकी छन्। मंगलबार भृकुटीमण्डपमा आयोजित पुष्प मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नर्सरी व्यवसायको विकासका लागि मन्त्रालय सकारात्मक रहेको बताइन्।  गुणस्तरीय नर्सरी स्थापनामा सहयोग तथा अनुदान, फलफूलका बिरुवा वितरणलगायतका कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उनले व्यवसायीका समस्या समाधानका लागि मन्त्रालयले सहकार्य गर्ने प्रतिबद्धता जनाइन्। उनले नर्सरी व्यवसायमा महिलाको सहभागिता बढ्दै गएकोमा खुसी व्यक्त गर्दै रैथाने फूल तथा नेपालमै उत्पादित वस्तुको प्रवद्र्धनमा जोड दिन व्यवसायीलाई आग्रह गरिन्। ‘कृषि, वन, पर्यावरण मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक पर्ने नीतिगत एवं प्राविधिक सहयोग र सहकार्य गर्न मन्त्रालय सधैँ तत्पर रहेको विश्वास दिलाउन चाहन्छु। सङ्घले राखेका हकहित, नीतिगत सहजीकरण र प्राविधिक सहयोगका सवालमा मन्त्रालय सँधै सकारात्मक छ,’ उनले भनिन्। मन्त्री चौधरीले नर्सरी व्यवसायीले जग्गा प्राप्तिमा भोग्दै आएको समस्या समाधानका लागि सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको जानकारी दिइन्। यसबाट व्यवसायीलाई आवश्यक जग्गा उपलब्ध गराउने समस्या समाधानमा सहयोग पुग्ने उनको विश्वास छ। उनले भनिन्,‘रैथाने र नेपालमा उत्पादित वस्तुहरूलाई सरकारले धेरै प्राथमिकता दिइराखेको छ । त्यसमा जोड दिन अनुरोध गर्न चाहन्छु। यहाँहरूले जग्गामा समस्या भएको जानकारी गराउनुभयो, यसपटक कानुनमार्फत समाधानको प्रयासमा छौं । विशेष गरेर भूमि बैंकको अवधारणा ल्याउँदै छौँ, छिटोभन्दा छिटो यसको समाधान हुनेछ भन्ने जानकारी गराउन चाहन्छु।’

यसैगरी, नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले पुष्प तथा नर्सरी व्यवसायको विस्तारका लागि सरकारी खाली जग्गाको उपयोग, सहरी क्षेत्रमा नर्सरी बजार स्थापना र सातै प्रदेशमा मेला तथा प्रदर्शनी आयोजना गर्नुपर्ने माग राखेका छन्। उनले सरकारी स्वामित्वमा लामो समयदेखि खाली रहेका जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी फूल, फलफूल तथा जडीबुटीको व्यावसायिक खेती विस्तार गर्नुपर्ने बताए। नर्सरी व्यवसायीले गुणस्तरीय बिरुवा उत्पादन गर्ने र त्यसका आधारमा व्यावसायिक खेती सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरिएको उनले जानकारी दिए। तिमिल्सिनाले तिहारका समयमा सयपत्री फूलको आयात हुने अवस्थालाई अन्त्य गरी स्वदेशमै उत्पादन बढाउन विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । सयपत्री फूलमा आत्मनिर्भर बन्नसके आयात रोक्न सकिने उनको भनाइ छ। त्यस्तै, सहरी क्षेत्रमा खाली रहेका जग्गामा नर्सरी बजार स्थापना गर्न पहल गर्नुपर्ने र सातै प्रदेशमा प्रदेशस्तरीय मेला, प्रदर्शनी तथा तालिम सञ्चालन गर्नुपर्ने माग पनि संघले मन्त्रीसमक्ष राखेको उनले बताए। उनले जडीबुटी तथा फलफूलको व्यावसायिक खेती विस्तारका लागि पनि सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए । भौगोलिक अवस्था र सम्भावनाका आधारमा खाली जग्गामा फूल, फलफूल तथा जडीबुटी खेती गर्न सकिने उल्लेख गर्दै उत्पादित वस्तुको बजार सुनिश्चित गर्न जडीबुटी प्रशोधन केन्द्र तथा सम्बन्धित संघसंस्थासँग सहकार्यको वातावरण बनाउनुपर्ने उनको भनाइ छ । फलफूलको व्यावसायिक खेती विस्तार गरी गुणस्तरीय बिरुवाको उत्पादन र बजार व्यवस्थापनमा जोड दिनुपर्ने माग पनि संघले राखेको छ । व्यवसायीका मागबारे मन्त्रीसँग थप छलफल गरी कार्यक्रमको खाका तयार गर्ने तयारी रहेको तिमिल्सिनाले बताए। आजदेखि सुरु भएको मेला चार दिनसम्म चल्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तीन अर्धशतकको मद्दतमा विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

काठमाडौं ,१७ कार्तीक। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका तीन खेलाडीले अर्धशतक प्रहार गर्नु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन

उमा भुजेल नेतृत्वको समूह आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, पेरिसडाँडामा एकता घोषणा सभा

विराटनगर , कार्तिक १७। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा बनेको राजनीतिक समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित

एनपीएलमा लोकेश बमको अर्धशतक : २९ बलमा ५० रन बनाएर आउट

काठमाडौं , कार्तिक १७। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।कीर्तिपुरस्थित त्रिवि

१० महिनामै पौने तीन लाख विदेशी पर्यटक मुस्ताङमा : सङ्ख्यामा ७७ प्रतिशतभन्दा बढीको वृद्धि

मुस्ताङ , कार्तिक १७। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म

मेची भन्सारले पहिलो तीन महिनामा उठायो चार अर्ब ६७ करोड राजस्व, लक्ष्यको झन्डै ९५ प्रतिशत हासिल

झापा , कार्तिक १७। मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

५९ बिघा जग्गा सट्टापट्टा गरी बिक्री गरेको आरोपमा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ , कार्तिक १७। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध  भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ , कार्तिक १७। पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार