एनपीएल

तीन अर्धशतकको मद्दतमा विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

काठमाडौं ,१७ कार्तीक। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका तीन खेलाडीले अर्धशतक प्रहार गर्नु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरका लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धशतकीय इनिङ्स खेल्नु भएको छ ।विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाँउनु भयो । उहाँले ४० बलमा दुई छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गर्नु भएको थियो । त्यस्तै, आन्द्रे रसेलले ५२ रन जोड्दा ओपनर लोकेश बमले ५० रन बनाँउनु भयो। बम तेस्रो संस्करणको एनपीएलमा हालसम्म दुई अर्धशतक पूरा गर्ने पहिलो खेलाडी हुनुन्छ।

 

लोकेश र इमरानबीच १०७ रनको साझेदारी भयो । जारी प्रतियोगितामा यो अहिलेसम्मकै उच्च साझेदारी हो । तीन खेलाडीको अर्धशतकीय योगदानमा विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको छ ।जनकपुरविरुद्धको खेलमा विराटनगरका तीन खेलाडीले अर्धशतक बनाएसँगै जारी एनपीएलमा अर्धशतक प्रहार गर्ने खेलाडीको संख्या आठ पुगेको छ ।यसअघि चितवन राइनोजका डेभिड मलानले विराटनगर किङ्ग्सविरुद्ध ४१ बलमा अर्धशतक प्रहार गर्दै प्रतियोगिताको पहिलो अर्धशतक बनाँउनु भएको थियो। दोस्रो अर्धशतक सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरा एभेन्जर्सविरुद्ध ३६ बलमा पूरा गर्नु भएको थियो ।

 

त्यसपछि जनकपुर बोल्ट्सका मोइन अलीले काठमाडौं गोर्खाजविरुद्ध ४९ बलमा तेस्रो अर्धशतक बनाँउनु भएको थियो । विराटनगरकै लोकेश बमले कर्णाली याक्सविरुद्ध ३२ बलमा अर्धशतक प्रहार गर्दै चौथो अर्धशतक बनाँउनु भएको थियो ।कर्णाली याक्सका कप्तान सोमपाल कामीले विराटनगरविरुद्ध २७ बलमा पाँचौँ अर्धशतक पूरा गर्नु भएको थियो । जनकपुरका तृतराज दासले पोखरा एभेन्जर्सविरुद्ध ५१ बलमा छैटौँ अर्धशतक बनाँउनु भएको थियो । काठमाडौं गोर्खाजका राशिद खानले कर्णाली याक्सविरुद्ध ३२ बलमा सातौँ अर्धशतक पूरा गर्नु भएको थियो ।आजको खेलमा विराटनगरका इमरान शेखले आठौँ अर्धशतक बनाँउनु भएको छ भने लोकेश बमले जारी सिजनमा दोस्रो अर्धशतक पूरा गर्नु भएको छ ।

 

विराटनगरले यसअघि खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । आज चौथो खेल खेलिरहेको विराटनगर दोस्रो जितको खोजीमा छ । यता, जनकपुरले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ । जनकपुर आज लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ ।आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अंक बाँडेको छ । लुम्बिनी आज आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ ।अर्कोतर्फ पोखरा एभेन्जर्सले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ । तेस्रो खेल खेल्न लागेको पोखरा प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।प्रतियोगितामा आठ टोली सहभागी हुनुन्छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता

झापा,१७ कार्तीक । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर उपचार र उपशामक हेरचाह सेवाको गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी

तीन अर्धशतकको मद्दतमा विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

काठमाडौं ,१७ कार्तीक। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका तीन खेलाडीले अर्धशतक प्रहार गर्नु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन

उमा भुजेल नेतृत्वको समूह आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, पेरिसडाँडामा एकता घोषणा सभा

विराटनगर , कार्तिक १७। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा बनेको राजनीतिक समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित

एनपीएलमा लोकेश बमको अर्धशतक : २९ बलमा ५० रन बनाएर आउट

काठमाडौं , कार्तिक १७। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।कीर्तिपुरस्थित त्रिवि

१० महिनामै पौने तीन लाख विदेशी पर्यटक मुस्ताङमा : सङ्ख्यामा ७७ प्रतिशतभन्दा बढीको वृद्धि

मुस्ताङ , कार्तिक १७। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म

मेची भन्सारले पहिलो तीन महिनामा उठायो चार अर्ब ६७ करोड राजस्व, लक्ष्यको झन्डै ९५ प्रतिशत हासिल

झापा , कार्तिक १७। मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

५९ बिघा जग्गा सट्टापट्टा गरी बिक्री गरेको आरोपमा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ , कार्तिक १७। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध  भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी