पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ , कार्तिक १७। पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नयाँ मुद्दा विशेष अदालतमा लगेको हो । विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले नेपालविरुद्ध मुद्दा आएको पुष्टि गर्दै अहिले रुजु गर्ने कार्य भइरहेको बताइन् । सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज)को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषद्बाटै निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरिएको आरोपमा नेपाललाई दोषी करार गर्दै अख्तियार विशेषमा पुगेको हो । इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको जग्गा बिक्री गर्न दिएर दुर्गम स्थानमा जग्गा सट्टापट्टा गर्न ०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले अनुमति दिएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तीन अर्धशतकको मद्दतमा विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

काठमाडौं ,१७ कार्तीक। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका तीन खेलाडीले अर्धशतक प्रहार गर्नु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन

उमा भुजेल नेतृत्वको समूह आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, पेरिसडाँडामा एकता घोषणा सभा

विराटनगर , कार्तिक १७। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा बनेको राजनीतिक समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित

एनपीएलमा लोकेश बमको अर्धशतक : २९ बलमा ५० रन बनाएर आउट

काठमाडौं , कार्तिक १७। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।कीर्तिपुरस्थित त्रिवि

१० महिनामै पौने तीन लाख विदेशी पर्यटक मुस्ताङमा : सङ्ख्यामा ७७ प्रतिशतभन्दा बढीको वृद्धि

मुस्ताङ , कार्तिक १७। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म

मेची भन्सारले पहिलो तीन महिनामा उठायो चार अर्ब ६७ करोड राजस्व, लक्ष्यको झन्डै ९५ प्रतिशत हासिल

झापा , कार्तिक १७। मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

५९ बिघा जग्गा सट्टापट्टा गरी बिक्री गरेको आरोपमा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ , कार्तिक १७। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध  भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ , कार्तिक १७। पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार