जिम्मेवारी पाए उदयपुर सिमेन्ट दोब्बर चलाउँछौँ : मुख्यमन्त्री कार्की

उदयपुर,१९ कार्तीक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उदयपुर सिमेन्ट उद्योग सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिए विगतको तुलनामा दोब्बर उत्पादन क्षमतामा सञ्चालन गरेर देखाउने दाबी गर्नु भएको छ।बुधबार त्रियुगा नगरपालिका–६, जलजलेस्थित यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटनका लागि उदयपुर आँउनु भएको मुख्यमन्त्री कार्कीले सदरमुकाम गाईघाटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उद्योगको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिन संघीय सरकारसँग माग गर्दै आएको बताँउनु भयो।

 

विगतका सरकारका पालादेखि नै प्रदेश सरकारले उदयपुर सिमेन्ट उद्योग सञ्चालनको जिम्मेवारी लिन संघीय सरकारसँग आग्रह गर्दै आएको उल्लेख गर्दै उहाँले उद्योगका विद्यमान समस्या प्रदेश सरकारले पहिचान गरिसकेको बताँउनु भयो।मुख्यमन्त्री कार्कीले उद्योगका प्राविधिक, व्यवस्थापकीय तथा आर्थिक लगायत सबैखाले समस्या समाधान गरेर उद्योगलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने दाबी गर्नु भयो। प्रदेश सरकारलाई जिम्मेवारी दिए उद्योगलाई अहिलेको अवस्थाबाट माथि उठाउँदै विगतको तुलनामा दोब्बर उत्पादन क्षमतामा सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो।

 

उहाँले उदयपुर सिमेन्ट उद्योगलाई उत्पादन र रोजगारीको केन्द्रका रूपमा मात्रै नभई वातावरणमैत्री औद्योगिक क्षेत्रका रूपमा समेत विकास गर्ने योजना सुनाँउनु भयो। उद्योग परिसरभित्र हरित पार्क निर्माण गरी हरियाली र स्वच्छ वातावरण कायम गर्दै उद्योग सञ्चालन गर्ने उहाँले बताँउनु भयो।लामो समयदेखि विभिन्न आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय समस्या झेल्दै आएको उदयपुर सिमेन्ट उद्योगको पुनरुत्थानका विषयमा मुख्यमन्त्री कार्कीको यो अभिव्यक्तिलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।उद्योगको सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने विषयमा संघीय सरकारले निर्णय गर्नुपर्ने हुन्छ। मुख्यमन्त्री कार्कीको प्रतिबद्धता कार्यान्वयनमा आउन संघीय सरकारको निर्णय महत्त्वपूर्ण हुने देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो

हुम्लामा भूकम्प , जोखिमको दृष्टिले संवेदनशील

हुम्ला कात्तिक २० । हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका

आईजीपी फेर्ने विषयमा रविको प्रश्नपछि प्रधानमन्त्री बालेनको टिप्पणी : देश र पार्टी जोगाउनु फरक कुरा हो ।

काठमाडौं,२० कार्तीक । प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत

आयातमा झन्झट र महँगो ढुवानी : नाफा होइन, व्यवसाय जोगाउनै धौ–धौ

काठमाडौं,२० कार्तीक । चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताँउनु

कोप ३१ मा क्रिएसनद्वारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

काठमाडौं,कात्तिक २० । क्रिएसन नेपालले कोप ३१ को सम्मेलनमा जिरो वेस्ट शिर्षकमा छलफल सत्र सन्चालन गर्ने भएको छ । यही नोभेम्बर ९ देखि २० तारिखसम्म

गौरादहमा चिनियाँ भाषा अध्ययन, यसको उद्देश्य के हो ?

दमक, २० मंसिर । झापाको गौरादह नगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालय बीच गत साउन ३१ गते चिनियाँ भाषा अध्यापन गराउने विषयमा दुईपक्षीय सम्झौता भएको थियो।