एभोकाडो र आँपले कसरी सुधार्छ मुटुको स्वास्थ्य ?

काठमाडौं ,१९ कार्तीक। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार यी दुई फल नियमित सेवन गर्दा रक्तनलीको कार्यक्षमता र रक्तचापमा सकारात्मक परिवर्तन देखिएको हो ।प्रि–डायबिटिज अर्थात् मधुमेह हुनुअघिको अवस्थामा रहेका वयस्कमा गरिएको आठ हप्ते अध्ययनमा एभोकाडो र आँप खाने समूहको रक्तनलीको कार्यक्षमतामा सुधार देखिएको थियो । विशेषगरी पुरुष सहभागीको रक्तचापमा सकारात्मक परिवर्तन आएको अनुसन्धानकर्ताले बताएका छन् ।

 

अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा प्रकाशित अध्ययनमा २५ देखि ६० वर्ष उमेर समूहका ८२ जना सहभागी थिए । उनीहरू सबैमा प्रि–डायबिटिजको अवस्था थियो भने शरीरको तौल सामान्यभन्दा बढी थियो । अनुसन्धानमा सहभागीलाई दुई समूहमा विभाजन गरिएको थियो । एउटा समूहलाई दैनिक एउटा मध्यम आकारको ह्यास एभोकाडो र एक कप ताजा आँप खुवाइएको थियो । अर्को समूहलाई सोही बराबर क्यालोरी भएका कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थ दिइएको थियो ।आठ हप्तापछि एभोकाडो र आँप खाने समूहको रक्तनलीको कार्यक्षमता मापन गर्ने फ्लो–मेडिएटेड डाइलेसन (एफएमडी) सूचक ६ दशमलव ७ प्रतिशत पुगेको थियो । यसको विपरीत अर्को समूहमा उक्त सूचक घटेर ४ दशमलव ६ प्रतिशतमा झरेको थियो । एफएमडीले रक्तप्रवाह बढ्दा रक्तनली कति प्रभावकारी रूपमा फैलिन सक्छ भन्ने मापन गर्छ ।

 

रक्तचापमा पनि सकारात्मक परिवर्तन देखिएको थियो । नियन्त्रण समूहका पुरुष सहभागीको केन्द्रीय रक्तचाप औसत ५ एमएमएचजीले बढ्दा एभोकाडो र आँप खाने समूहमा करिब १ दशमलव ९ एमएमएचजीले घटेको थियो ।अनुसन्धानकर्ताका अनुसार रक्तनलीको कार्यक्षमता र रक्तचापमा देखिएका यी परिवर्तन मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम घटाउने दृष्टिले महत्त्वपूर्ण हुन सक्छन् । तर, अध्ययन आठ हप्तामात्र गरिएको र यसले हृदयाघात वा मस्तिष्काघातजस्ता दीर्घकालीन स्वास्थ्य परिणाम मापन नगरेकाले यसको प्रभावबारे थप अनुसन्धान आवश्यक छ ।अध्ययनमा यी फल खाँदा सहभागीको शरीरको तौल वा कुल क्यालोरी सेवनमा उल्लेख्य परिवर्तन देखिएन । यसले तौल नबढाई पनि खानाको पोषण गुणस्तरमा सुधार गरेर मुटुको स्वास्थ्यलाई सहयोग पुग्न सक्ने संकेत गरेको अनुसन्धानकर्ताको भनाइ छ ।

 

एभोकाडो र आँप खाने समूहले फाइबर, भिटामिन सी र असन्तृप्त बोसो बढी सेवन गरेका थिए । यी पोषक तत्त्वले मुटुको स्वास्थ्यमा सहयोग पु¥याउन सक्छन् । एभोकाडोमा पाइने पोटासियमले रक्तचाप नियन्त्रणमा भूमिका खेल्छ भने यसको असन्तृप्त बोसोले अस्वस्थ बोसोको सट्टा प्रयोग गर्दा खराब कोलेस्ट्रोल (एलडीएल) घटाउन सहयोग गर्न सक्छ ।आँपमा पाइने भिटामिन सीले शरीरका कोषलाई अक्सिडेटिभ क्षतिबाट जोगाउन मद्दत गर्छ । यसमा रहेको फाइबरले पाचन, रगतमा चिनीको मात्रा व्यवस्थापन र मुटुको स्वास्थ्यमा सहयोग पु¥याउन सक्छ ।अनुसन्धानमा मिर्गौलाको कार्यक्षमतासँग सम्बन्धित केही सूचकमा पनि सुधार देखिएको थियो । तर, कोलेस्ट्रोल, रगतमा चिनीको मात्रा र शरीरमा हुने सुजनका सूचकमा भने नियन्त्रण समूहको तुलनामा उल्लेख्य फरक देखिएन ।

 

इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक तथा अध्ययनकी प्रमुख अनुसन्धानकर्ता ब्रिट बर्टन–फ्रिम्यानका अनुसार प्रि–डायबिटिज भएका व्यक्तिमा मुटुसम्बन्धी रोगको जोखिम बढी हुने भएकाले खानपानमा पोषणयुक्त फलफूल समावेश गर्नु उपयोगी हुन सक्छ । उहाँका अनुसार दैनिक खानामा एभोकाडो र आँपजस्ता फल थप्नु मुटुको स्वास्थ्य सुधारका लागि सहज उपाय हुन सक्छ ।यद्यपि, अध्ययनले एभोकाडो र आँप सँगै खाँदा छुट्टाछुट्टै सेवन गर्नुभन्दा बढी फाइदा हुन्छ भन्ने पुष्टि गरेको छैन । अनुसन्धानमा सहभागी सीमित समूह र छोटो अवधिका कारण यसको निष्कर्ष सबै उमेर तथा स्वास्थ्य अवस्था भएका व्यक्तिमा समान रूपमा लागू हुन्छ भन्न सकिँदैन ।यो अध्ययन नेसनल म्याङ्गो बोर्ड र ह्यास एभोकाडो बोर्डको आर्थिक सहयोगमा गरिएको थियो । अध्ययनको डिजाइन र निष्कर्ष निर्धारणमा ती संस्थाको भूमिका नरहेको अनुसन्धानकर्ताले जनाएका छन् । एएनआई

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो

हुम्लामा भूकम्प , जोखिमको दृष्टिले संवेदनशील

हुम्ला कात्तिक २० । हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका

आईजीपी फेर्ने विषयमा रविको प्रश्नपछि प्रधानमन्त्री बालेनको टिप्पणी : देश र पार्टी जोगाउनु फरक कुरा हो ।

काठमाडौं,२० कार्तीक । प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत

आयातमा झन्झट र महँगो ढुवानी : नाफा होइन, व्यवसाय जोगाउनै धौ–धौ

काठमाडौं,२० कार्तीक । चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताँउनु

कोप ३१ मा क्रिएसनद्वारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

काठमाडौं,कात्तिक २० । क्रिएसन नेपालले कोप ३१ को सम्मेलनमा जिरो वेस्ट शिर्षकमा छलफल सत्र सन्चालन गर्ने भएको छ । यही नोभेम्बर ९ देखि २० तारिखसम्म

गौरादहमा चिनियाँ भाषा अध्ययन, यसको उद्देश्य के हो ?

दमक, २० मंसिर । झापाको गौरादह नगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालय बीच गत साउन ३१ गते चिनियाँ भाषा अध्यापन गराउने विषयमा दुईपक्षीय सम्झौता भएको थियो।