सर्लाही दुर्घटना

मृतक सबै ११ जनाको पहिचान खुल्यो

सर्लाही,२६ कार्तीक । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल सहित ११ जना रहेका छन् ।

 

उहाँको अनुसार चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उहाँका छोराछोरी ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव र १० वर्षीया अनु कुमारी यादवको मृत्यु भएको छ ।यसैगरी, ३५ देखि ३६ वर्षका गुड्डु यादव, उहाँकी श्रीमती ३० देखि ३२ वर्षीया गायत्री देवी, २५ देखि २६ वर्षका रामदुलार यादव, २४ देखि २५ वर्षका सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । घाइतेमध्ये ३३ वर्षीय मुकेश यादव र ५ वर्षीय सक्षम कुमार यादव उपचारपछि डिस्चार्ज हुनु भएको छ।त्यस्तै, ३ वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल रेफर गरिएको छ । ३१ वर्षीय बेचु भन्ने देवेन्द्र रायलाई थप उपचारका लागि भरतपुरको मनकामना अस्पताल रेफर गरिएको छ । अर्का २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज हुनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बलान खोलाबाट २३१ किलो गाँजा बरामद

सिरहा ,२६ कार्तीक। सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा २३१ किलो

मृतक सबै ११ जनाको पहिचान खुल्यो

सर्लाही,२६ कार्तीक । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु

सर्लाहीका एक युवकको मृत्यु, दाइ गम्भीर घाइते

सर्लाही,२६ कार्तीक । सर्लाहीको सडाहीस्थित सुन्दरपुरका निरस रायका २५ वर्षीय छोरा रामदुलार रायको मकवानपुरको भिमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा परी मृत्यु भएको छ।छठ पर्व

छठ मनाउन घर फर्कँदै गरेका यात्रु चढेको ईभी गाडी चिसापानीमा दुर्घटना

सर्लाही,२६ कार्तीक । काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय (ईभी) गाडी आज बिहान मकवानपुर जिल्लाको चिसापानीमा दुर्घटना हुँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका यात्रुहरुको दुःखद निधन भएको

जनकपुरमा सर्वसाधारणको घरमा बसेर रवि दम्पतीले छठ मनाउने

जनकपुर,२६ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेलले छठ पर्व जनकुरधाममा मनाउने हुनु भएको छ । उहाँहरुले छठ पर्वको

सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट

काठमाडौँ ,२६ कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिनु भएको छ ।पोखरा एभेन्जर्सविरुद्ध सानदार बलिङ गर्नु भएको

विराटनगरविरुद्ध युवराज सामराको अर्धशतक

काठमाडौं,२६ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सत्रौं अर्धशतक पोखरा एभेन्जर्सका युवराज सामराको नाममा दर्ज भएको छ।युवराजले विराटनगर किङ्सका विरूद्ध