काठमाडौं,२६ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सत्रौं अर्धशतक पोखरा एभेन्जर्सका युवराज सामराको नाममा दर्ज भएको छ।युवराजले विराटनगर किङ्सका विरूद्ध ३२ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गर्नु भयो। युवराज जारी सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी समेत हुनुन्छ।
जारी सिजनमा हालसम्म १७ अर्धशतक र एक शतक प्रहार भएको छ।जसमा काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई÷दुई अर्धशतक हिर्काउनु भएको छ।विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलान,रवि बोपरा, पोखरा एभेन्जर्सका कुशल भुर्तेलले अर्धशतक हिर्काएकाउनु भएको थियो।यो सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी पोखरा एभेन्जर्सका युवराज सामरा हुनुन्छ। उहाँले कर्णाली याक्सकाविरूद्ध ४५ बलमा शतक पूरा गर्नु भएको थियो।










