जलवायु जोखिम प्रतिवेदन : अस्ट्रेलिया प्रभावित देशहरूको शीर्ष ३० भित्र

क्यानबेरा,२ मंसिर । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ । सन् २०२४ मा ५५औँ स्थानमा रहेको अस्ट्रेलिया पछिल्लो प्रतिवेदनमा शीर्ष ३० प्रभावित देशभित्र परेको छ । खडेरी र अतिवृष्टि दुवैको सामना गर्दै आएको देशका रूपमा चिनिने अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

 

जर्मनीस्थित वातावरणीय संस्था जर्मनवाचले मंगलबार सार्वजनिक गरेको क्लाइमेट रिस्क इन्डेक्स प्रतिवेदनअनुसार विश्वभर गर्मीको लहर (हिटवेभ) चरम मौसमी घटनाबाट हुने मृत्युको सबैभन्दा ठूलो कारण बनेको छ । तर आर्थिक क्षतिको हिसाबले भने आँधीबेहरी सबैभन्दा प्रभावकारी विपद्का रूपमा देखिएको छ ।यो प्रतिवेदन सार्वजनिक हुनुभन्दा केही दिनअघि अस्ट्रेलियाको मौसम विभागले देशमा ‘बलियोदेखि अत्यन्त बलियो एल निनो’ अवस्था विकसित भइरहेको चेतावनी दिएको थियो । यसले अस्ट्रेलियामा तापक्रम बढ्ने, मौसम थप सुक्खा हुने र डढेलोको जोखिम बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।

 

अन्तर्राष्ट्रिय विपद् तथ्यांक प्रणाली, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त तथ्यांकका आधारमा तयार गरिएको प्रतिवेदनले सन् २०२५ मा विश्वभर ३६७ वटा चरम मौसमी घटना भएको उल्लेख गरेको छ ।ती घटनाका कारण करिब ३५ हजार मानिसको मृत्यु भएको, १० करोडभन्दा बढी मानिस प्रभावित भएको र प्रत्यक्ष आर्थिक क्षति १५८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको प्रतिवेदनमा उल्लेख छ । यो रकम अस्ट्रेलियन डलरमा करिब २३५ अर्ब बराबर हुन्छ ।प्रतिवेदनअनुसार सन् २०२५ मा गर्मीको लहरका कारण मात्रै २४ हजार ४०७ जनाको मृत्यु भएको थियो। यो वर्षभरि चरम मौसमी घटनाबाट भएको कुल मृत्युको झन्डै ७० प्रतिशत हो। सन् १९९६ यताका तथ्यांकमा गर्मीका कारण हुने मृत्युको हिस्सा करिब ४० प्रतिशत रहेको थियो ।

 

प्रतिवेदनकी सहलेखक लिसा शुल्थाइसका अनुसार गर्मीका कारण हुने वास्तविक मृत्युको संख्या सार्वजनिक तथ्यांकमा उल्लेख भएभन्दा अझ बढी हुन सक्छ । विशेषगरी विकासोन्मुख देशहरूमा गर्मीका कारण भएका सबै मृत्यु अभिलेखमा नसमेटिएको र युरोपमा हालैका वर्षहरूमा देखिएका अत्यधिक गर्मीका प्रभावले वास्तविक संख्या अझ उच्च हुन सक्ने उहाँको भनाइ छ ।जलवायु परिवर्तनको प्रभाव अब केवल वातावरणीय विषयमा सीमित नरही जनस्वास्थ्य, जनजीवन, अर्थतन्त्र र विपद् व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको यस प्रतिवेदनले देखाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै

जलवायु जोखिम प्रतिवेदन : अस्ट्रेलिया प्रभावित देशहरूको शीर्ष ३० भित्र

क्यानबेरा,२ मंसिर । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ । सन्

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगियो

काठमाडौं ,२ मंसिर। अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर

अछामबाट सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

अछाम,२ मंसिर । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश

बिर्तामोडमा एकैदिन दुई स्कुल बस दुर्घटना, दुई घाइते

बिर्तामोड, २ मंसिर । झापामा स्कुल बस दुर्घटना बढ्दै गएको छ । थोत्रा गाडी र चालकको लापरवाहीका कारण बालबालिका बोक्ने स्कुल बसहरु दुर्घटना हुने क्रम

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको