अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै सुरु हुने यो प्राकृतिक दृश्यले टापुका सडक, जंगल र बस्तीका आसपासका क्षेत्र राताम्मे बनेका छन् ।प्रजननका लागि समुद्रमा पुग्नुपर्ने भएकाले यी गंगटाहरू ठुलो समूहमा जंगलबाट बाहिर निस्केर समुद्री तटतर्फ अघि बढ्छन् । यस क्रममा सडक काट्दै यात्रा गर्ने गंगटाका कारण कतिपय सडकमा सवारी आवागमनसमेत प्रभावित हुने गरेको छ ।

हालै सार्वजनिक भएको दृश्यमा सयौँ रातो गंगटाहरू एकैसाथ सडक पार गर्दै समुद्रतर्फ अघि बढिरहेको देखिन्छ । उनीहरूको सामूहिक यात्राले क्रिसमस टापुलाई अनौठो प्राकृतिक दृश्यमा परिणत गरेको छ ।यो यात्रा सुरु हुने समय निर्धारणमा वर्षायामको पहिलो वर्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसै गरी चन्द्रमाको अवस्था र समुद्री ज्वारभाटाले पनि गंगटाहरूको समुद्रतर्फको यात्रालाई प्रभाव पार्ने गर्छ ।समुद्रमा पुगेपछि पोथी गंगटाहरूले अण्डा छाड्छन् । त्यसपछि निस्कने साना लार्भाहरू समुद्रमा हुर्कने प्राकृतिक जीवनचक्रको हिस्सा बन्छन् ।क्रिसमस टापु विश्वमै रातो गंगटाको वार्षिक सामूहिक बसाइँ सराइका लागि प्रसिद्ध छ । यो अस्ट्रेलियाको सबैभन्दा आकर्षक प्राकृतिक घटनामध्ये एक मानिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै

जलवायु जोखिम प्रतिवेदन : अस्ट्रेलिया प्रभावित देशहरूको शीर्ष ३० भित्र

क्यानबेरा,२ मंसिर । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ । सन्

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगियो

काठमाडौं ,२ मंसिर। अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर

अछामबाट सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

अछाम,२ मंसिर । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश

बिर्तामोडमा एकैदिन दुई स्कुल बस दुर्घटना, दुई घाइते

बिर्तामोड, २ मंसिर । झापामा स्कुल बस दुर्घटना बढ्दै गएको छ । थोत्रा गाडी र चालकको लापरवाहीका कारण बालबालिका बोक्ने स्कुल बसहरु दुर्घटना हुने क्रम

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको