भद्रपुर, मंसिर १३ । झापाको भद्रपुरमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।भद्रपुर नगरपालिका ३ स्थित देउनिया पुलमुनि प्र. १–०१–०१३ प २५७९ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । उहाँको पहिचान खुल्न सकेको छैन । तत्काल नाम थर वतन नखुलेको पहाडे मुलुको जस्तो देखिने मृतक अन्दाजी ३५–४० वर्षको पुरुष रहनु भएको छ ।सो मोटरसाइकल भद्रपुर ७ का रणबहादुर भट्टराईको नाममा देखिन्छ । मृतक भट्टराई नै हो भनेर अनुमान गरिएको छ ।पुलभन्दा ३० मिटर तल घोप्टो परी मृत अवस्थामा उहाँ फेला पर्नु भएको छ । प्र. १–०१–०१३ प २५७९ नं. को सुपर स्प्लेण्डर मोटरसाइकलको अगाडीको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बिर्तामोडबाट ब्राउन सुगर र १३ लाख नगदसहित महिला पक्राउ
बिर्तामोड, मंसिर १३ । झापाको बिर्तामोडमा लागूऔषधको कारोबार गर्ने एक महिला कारोबारी पक्राउ परेकी छन् ।शनिबार साँझ ५ बजे बिर्तामोड ५ जिराइत टोलस्थित बाटोमा लागूऔषध









