कनकाई ,१३ मंसिर । कनकाई ८ स्थित माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलका संचालकको टेबलमा गोली फेला परेको छ ।शनिबार राति ९ः३० बजे माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलका संचालक ४० वर्षीय प्रशान्त न्यौपानेले कार्यालयको काम गर्ने क्रममा कार्यकक्षमा रहेको टेवलको घर्रामा ५.५६८४५एमएम नोट लेखिएको एक थान गोली फेला परेको हो । त्यसबारे इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराइएको छ ।प्रहरी टोलीले बुझ्दा लामो हतियार इन्सासको ५.५६८४५ एमएम नोट लेखिएको गोली फेला परेको खुल्न आएको छ । गत वर्षको जेनजी आन्दोलनका बेला प्रहरीबाट लुटिएको गोली फेला परेको हुनसक्ने आशंका गरिएको छ ।

बिर्तामोडबाट ब्राउन सुगर र १३ लाख नगदसहित महिला पक्राउ
बिर्तामोड, मंसिर १३ । झापाको बिर्तामोडमा लागूऔषधको कारोबार गर्ने एक महिला कारोबारी पक्राउ परेकी छन् ।शनिबार साँझ ५ बजे बिर्तामोड ५ जिराइत टोलस्थित बाटोमा लागूऔषध









