सम्मान सहित सस्कृती जोगाउँदै महिला

तीज मनाउने फरक तरिकाः ‘दमकका महिला मजदुरलाई तीज कोशेली उपहार’

दमक/
पछिल्लो समय तीज पर्वलाई भडकिलो र देखासिखीमा मनाउने गरियो भन्दै आलोचना पनि हुने गरेको छ । हिन्दु महिलाहरुको विषेश पर्वको रुपमा मनाइने पर्व तीजलाई नेपाली सस्कृती जोगाउने र यसको महत्व झल्काउने भन्दा पनि उछृङखल नृत्य गर्दै मदिरा पिएर होटल तथा पार्टि प्यालेसमा भव्य पार्टि गर्दै तीज मनाउने असभ्य सस्किृतीको विकास भइरहेको छ ।

यद्यपी दमकका केहि महिलाहरुले भने तीज हुने खानेको मात्रै नभएर हुदा खानेले पनि मनाउन पर्छ भन्ने सोच राखेर फरक तरिकाले कार्यक्रम गर्यो ।
दमकमा बिभिन्न क्षेत्रमा मजदुरी गरेर आफ्नो जीविका चलाइरहेका महिलाहरुलाई पनि भेला गराएर लायन्स क्लव अफ दमक सेविकामा आवद्ध भएका महिलाहरुले तीज मनाए ।

तीजमा विभिन्न प्रकारका परिकारहरु पकाइएका थीए । तीजका गीत घन्काउँदै नाच्ने र केहि बेर भएपनि मनलाई आनन्द बनाउने काम ती मजदुर महिलाहरुले गर्न पाए । यती मात्रै होईन ती महिलाहरुलाई तीजको कोशेली स्वरुप रातो सारी , चोलो , राता चुरा तथा नङ पोलीस पनि दिइयो ।

‘समाजमा हुनेखानेले तीजमा राता सारी लगाएर नाचेको देख्खा ती मजदुर महिलाहरुले पनि त्यसै गरि रमाउन पाउनु पर्छ भन्ने सोचले उहाँहरुलाई तीजको कोशेली दिएका हौ’ अध्यक्ष कमला घिमिरे भन्नु हुन्छ ‘ तीज सबै नेपाली महिलाहरुका लागि हो । सबैले समान तरिकाले मनाउने पाउनु पर्छ ।’

अघिल्लो वर्ष पनि यो समुहले यस्तै मजदुर महिलाहरुलाई तीज कोशेली दिएर तीज मनाएको थियो ।

यो पटक पनि १० जना महिला मजदुरहरुलाई तीजमा आवश्यक पर्ने श्रींगारका सामाग्री दिएर मनाएको अध्यक्ष घिमिरेले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु