मेची अस्पतालबाट हिंसापीडित १ सय ७० बढीले निःशुल्क सेवा पाए

 

 

भद्रपुर  झापाका पन्ध्र्रवटा स्थानीय तहमध्ये चारवटा नगरपालिकाभित्रका मात्र  हिंसामा परेका महिला तथा बालबालिका बढी मात्रामा उपचारका लागि आउने गरेकोे पाइएको छ । पालिकामध्ये बिर्तामोेड, दमक, मेचीनगर र भद्रपुर रहेका छन् ।

लैङ्गिक हिंसापीडित सरोकार जिल्ला समन्वय समिति झापामातहत रहेको मेची अस्पताल भद्रपुरले यस्ता बिरामीको निःशुल्क उपचार गर्दै आइरहेको छ । मेची अस्पताल मातहतमा रहेको निःशुल्क उपचार केन्द्रमा हिंसा पीडितहरूले शारीरिक तथा मानसिक उपचार सेवा लिने गरेका छन् ।

पछिल्लो विवरणअनुसार उपचार गर्न आउने १४ वर्ष मुनिका बालिकाको सङ्ख्या ५० प्रतिशत बढी देखिएको छ । जसमा यौनहिंसा पीडितको सङ्ख्या उल्लेखनीय छ भने बालविवाह, बहुविवाह, मानसिक हिंसालगायत अपराधबाट पीडितहरू आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । यस शीर्षकअनुसार वार्षिक हिंसापीडित एक सय ७० बढीले निःशुल्क सेवा पाएको विगतका विवरणले देखाएको समितिका सदस्य–सचिव तथा मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्कप्रसाद बाराकोटीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिको विवरणअनुसार हिंसा पीडितको सूचीमा झापाका अन्य पालिकामध्ये चारवटा नगरपालिकाले बढी सेवा लिने गरेको उनले बताए । विभिन्न सरोकारवाला सङ्घ–संस्थाले उद्धार गरे पनि हिंसापीडितको उपचारका लागि नेपाल प्रहरीले अस्पतालसम्म ल्याइदिने गरेको उनको भनाइ छ ।

हिंसामा परेकाहरूको उपचारका लागि छुट्टै कक्षमार्फत् अस्पतालमा उपचार सेवा प्रवाह गरिँदै आएको बाराकोटीले जानकारी दिए । उनका अनुसार मेची अस्पतालमा उपचार सम्भव नभए अन्यत्र लगेर पनि निःशुल्क उपचार गर्ने प्रबन्ध रहेको उनले जनाए ।

समितिले एकद्वार उपचार केन्द्र भद्रपुरका लागि वार्षिक १८ लाख बजेट प्रस्तावित गरी यस आर्थिक वर्षमा निःशुल्क सेवा प्रवाहको लक्ष्य राखेकोे छ । लैङ्गिक हिंसापीडित सरोकार जिल्ला समन्वय समिति झापामातहत रहेको मेची अस्पतालले दिने निःशुल्क वार्षिक उपचारका लागि सो बजेटमार्फत् सेवा प्रवाहको लक्ष्य राखिएको हो ।

समितिका अध्यक्ष तथा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले महिला हिंसा न्यूनीकरण गर्न र पीडितको उपचार तथा सुरक्षाका लागि गर्न सकिने कामका लागि सरोकारवालाहरूबाट सुझावसमेत लिने गरेको बताए । समितिले एकद्वार उपचार केन्द्र भद्रपुरका लागि बजेट प्रस्ताव गरी पीडितले निःशुुल्क सेवा लिँदै आइरहेको उनले जनाए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इतिहास भएर पुस्तकमा बाँचिरहनु भाइ

इतिहासमा पुस्तक बन्दै खास भयौ तिमी । छोइरहेनि नदेखिने बतास भयौ तिमी । ‘भाइलाई प्रेसरले हान्यो अरे’ भन्ने खबर अचानक सुनियो । भनन्‌न रिंगटा लाग्यो

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर

रौतहट,४ वैशाख । रौतहटको बृन्दाबन नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका दुईवटा घर शुक्रबार भत्काएको छ । नगरपालिकाको निर्माणाधीन आधुनिक प्रशासनिक भवनको काममा

रामेछापको ऐतिहासिक धोबी बजार फेरियो

रामेछाप,४ वैशाख । गाउँपालिकाको केन्द्र बनेसँगै रामेछापको ऐतिहासिक धोबी बजार बिस्तारै जुरमुराउन लागेको छ । रामेछापको साबिकको १ नं निर्वाचन क्षेत्रको केन्द्र मानिने धोबी बजार

झाडापखालाबाट कसरी बच्ने?

गर्मी महिनामा अरु मौसम भन्दा बढी बिरामी हुने गर्छन भने खानेकुराहरू नै दूषित तथा असुरक्षित भएका कारण पनी गर्मीमा धेरैजसो रोगहरू देखिने गरेका छन ।

मातातीर्थ औँसीमा कलाकारहरुको मार्मिक शब्द

काठमाडौं,४ वैशाख । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । भावनाले भरिएको यो विशेष दिनमा सर्वसाधारणदेखि कलाकारसम्म सबैले आफ्ना आमाप्रति प्रेम, सम्मान र कृतज्ञता

त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान सुरु

काठमाडौं,४ वैशाख । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने