अर्थहिन निशेधाज्ञा

‘पालिकाले गर्ने निशेधाज्ञा अवैद्यानिक’ , क्षेत्राधिकार मिच्दै स्थानीयतह

दमक/

झापाको दमक नगर पालिकामामा साउन ११ गते देखी पूणर् लक डाउन गरिएको छ । अति आवश्यक बाहेकका सबै सेवा ठप्प पारेर कोरोना संक्रमणको चेन ब्रेक गर्न निशेधाज्ञा गरिएको भएपनि यसको प्रभावकारीतामा भने प्रश्न उठेको छ । अहिलेको निशेधाज्ञामा औषधि बाहेकका सबै पसल बन्द छन् र तर नागरिकको आवागमन भने बन्द हुन सकेन ।

दमकको बजार क्षेत्र सुनास छ । सबै पसलका ठोका ढाप ढुप्प बन्द छन् । कोहि पनि ब्यापारीले पसल खोलेका छैनन । तर सर्वसाधरणको आवागमन भने रोकिएको छैन । किनकी पूर्व पश्चिम राजमार्ग बन्द छैन । बिभिन्न स्थानबाट आउने यात्रुहरु आफ्नो गन्तब्यमा पुग्न पर्छ । त्यसकालागि सिटि सफारी पनि चल्नै पर्यो । त्यसैले पनि निषेधाज्ञा प्रभावकारी नभएको जस्तो देखिएको छ । जिल्ला समन्वय समिती झापाका प्रमुख सोम पोर्तेलले पालिकाले आफुखुसी निणर्य गरेर गरिएका निषेधाज्ञा अवैद्यानिक हुने बताउनु भयो । निशेधाज्ञा गर्ने अधिकार केन्द्र सरकारमा मात्र केन्द्रित हुने भएकोले आफ्नो जोखिमबारेमा जानकारी मात्र गराउने भएकोले स्वः घोषणा गर्न नमिल्ने बताउनु हुन्छ ।

अझ इमेरजेन्सि मेडसिन डा. शेखर कट्टेल त के भन्नु हुन्छ भने पालिकाले गर्ने निशेधाज्ञाको प्रभावकारिता नै छैन । कोरोना नियन्त्रण गर्न नागरिकलाई आफै सचेत बनाउने हो । एउटा पालिकामा गरेर अर्को छिमेकी पालिका खुल्ला नै भयो वा केन्द्र सरकार मातहतका कार्यालय वा निकायले पाकिलाको निणर्य मान्दिन पनि भन्न पाउने भएकोले निश्चित पालिकाको निशेधाज्ञा प्रभावकारी नहुने डा. कट्टेललले बताउनु भयो ।

अनुगमनलाई प्रभावकारी बनाइने

तर दमक नगरपालिकाले पूणर् लक डाउन भनेर घोाषणा गर्यो । साउन ९ गते शनिबार सर्वपक्षीय छलफलको निष्कर्ष सुनाउँदै नगर प्रमुख रोमनाथ ओलीले दमकमा अति आवश्यकिय सेवा बाहेक सबै क्षेत्र बन्द गर्ने घोषणा गर्नु भएको थियो । तर यो अहिले पूणर् कार्यान्वायन हुन सकेन । यो कुरा उहाँ आफैले पनि २ दिनको लक डाउन हेरेर महसुस गरिसक्नु भएको छ । त्यसैले अव नगरपाकिलाको अनुमगमन समितीले अझ शशक्तल रुपमा परिचानल गर्ने योजना उहाँले बनाउनु भएको छ । उहाँदले इलाका प्रहरी कार्यालय दमकसँग रहेका जनसक्तीलाई शशक्त परिचालन गर्नुका साथै शशत्रस् प्रहरी लाई त सवारी साधननै दिएर सहयोग गरिएकोले चोक चोकमा प्रहरी, शशस्त्र प्रहरी साथै नगर प्रहरीकासँगै बजार अनुमन समितीलाई परिचालन गरिने उहाँले बताउनु भयो ।

कार्वाहिमा उत्रतै प्रहरी

केहि चोक र बजारमा प्रहरीहरु गस्तिमा खटेका छन् । बजारमा हिड्दा प्रहरी पनि परिचालन गरिएको देख्न सकिन्छ । तर आवश्यक कार्वाहि र जरिवाना नगरिएका कारण सर्वसावधरणले अटेर गरेर निशेधाज्ञा उल्लघंन गरिरहेका छन् । त्यसैले अव इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्कीले निशेधाज्ञा खुकुलो पार्नेलाई कार्वाहि ्र जरिवानाको दायरामा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ ।

दमकमा कोरोनाको जोखिम बढेको छ । तर यसको चेन ब्रेक गर्न भन्दै जारि गरिएको निशेधाज्ञा प्रभावकारी कार्यान्वायन नहुँदा यसको खास अर्थ बन्न सकेन । त्यसैले अव निश्चित मापदण्ड पालना गराएर सबै क्षेत्र चलाउनमन बनाउन आवश्यक छ । तर यसका लागि दमक नगरपालिकाले टोल टोलमा गएर कोरोना परिक्षण गर्नुका साथै संक्रमितहरुको निगरानी गर्नु पर्छ । यसको अतिरिक्त कोरोनाबाट बच्ने उत्तम उपाय भनेको खोप नै भएकोले यसका बिरुद्ध लगाउने खोप आम नागरिकको पहुँचमा पाउनका लागि निरन्तर पहल गर्न आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी