"लायन्समय दमक"

एकै मञ्चबाट यती धेरै लायन्सकर्मीको सपथ, गभर्नर कार्कीद्धारा कामको प्रशंषा

 

दमक/
दमकमा रहेका विभिन्न लायन्स क्लवहरुको संयूक्त रुपमा पदस्थापन भएको छ ।

वर्ष २०२१/२२ का लागि नयाँ सदस्यहरुका लागि सपथ ग्रहण गराइएको हो । लायन्स चन्द्र गजमेरको मातहतमा रहेका २ वटा जोन चेयर अन्तर्गतका ९ वटा क्लवहरुमा आवद्ध भएका नयाँ सदस्यलाई शुक्रबार र रिजन चेयर पर्सन दिवस राईको मातहतमा रहेका लायन्स क्लवहरुका सदस्यहरुलाई सपथ पनि खुवाइयो ।

लायन्स क्लब अफ इन्टरनेसनल ३२५ ए वानका गर्भनर रेवतबादुर कार्कीले सबै सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । लायन्स क्लवमा आवद्ध हुने सबै सदस्यहरुलाई सामाजिक सेवामा समर्पित भएर लाग्न उहाँले निदेर्शन पनि दिनु भएको छ ।

जहाँ आवश्कता त्यहाँ लायन्स भन्ने अवधारणालाई आत्मसाथ गर्दै अघि बढ्न उहाँले सबै लायन्सकर्मीहरुलाई अनुरोध गर्नु भएको छ ।

उहाँले पूर्वि क्षेत्रमा लायन्सकर्मीहरुले गरिरहेको कामले सामाजिक रुपमान्तरणमा महत्वपूणर् योगदान पुर्याएको भन्दै प्रशषां पनि गर्नु भएको थियो ।

Share: