प्रदेश १ मा जलविद्युत उत्पादनको प्रशस्त सम्भावना

 

विराटनगर । प्रदेश १ मा ऊर्जा क्षेत्रमा भइरहेको लगानीको सुरक्षा र थप लगानी गर्ने वातावरण बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)ले प्रदेश नं. १ को दिगो विकासका लागि ऊर्जा भन्ने विषयमा विराटनगरमा आयोजना गरेको दुई दिने कार्यशालामा सहभागी विज्ञहरूले यस्तो धारणा राखेका हुन् । उनीहरूले ऊर्जा क्षेत्रमा लगानी बढाए प्रदेश १ ले तीव्र समृद्धि हासिल गर्ने दाबी पनि गरे । कार्यशालामा विद्युत् आयोजना निर्माणमा हुने झन्झटिलो प्रक्रिया, स्थानीय अवरोध, ट्रान्समिसन लाइन निर्माणमा हुने अवरोध लगायतका विषयलाई स्थानीय, प्रदेश र संघ सरकारले हल गर्नुपर्नेमा लगानीकर्ताहरूले जोड दिए । अहिले पनि एउटा विद्युत् आयोजनाको लाइसेन्स लिएर आयोजनाको निर्माण सुरु गर्नै ७÷८ वर्ष लाग्ने गरेको भन्दै यस्तो अवस्थाको अन्त्य गर्नुपर्नेमा उनीहरूले जोड दिए ।

इपानका प्रदेश १ सचिव सोमनाथ कँडेलले क्षमता अनुसार प्रदेश १ मा विद्युत् आयोजनाहरू निर्माण भए अहिलेको केन्द्र सरकारको जम्मा बजेटको आकारको बजेट प्रदेश १ सरकारले नै ल्याउन सक्ने दाबी गरे । देशभरमा सबैभन्दा बढी प्रदेश १ मै ऊर्जा क्षेत्रको बढी सम्भावना भएको तथ्याङ्क प्रस्तुत गर्दै उनले ३४ हजार मेगावाट क्षमताका आयोजना बन्नसक्ने दाबी गरे ।

त्यसो भएको खण्डमा प्रदेश १ मा मात्रै रोयल्टीबापत वार्षिक १ खर्ब ३६ अर्ब आउन सक्ने बताए । इपानकै कार्यसमिति सदस्य प्रकाश दुलालले खोलामा पानी नभएर सुन बगिरहेको दाबी गर्दै तीनै तहका सरकारहरूले भरपुर क्षमता लगाएर विद्युत् क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यशालामा दिगो विकासका लागि ऊर्जा क्षेत्रको विकासबारे दुलालले प्रस्तुति दिएका थिए । यस्तै इपालका कार्यवाहक अध्यक्ष मोहनकुमार डाँडी, प्रदेश १ का जलस्रोत सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव नविनराज सिंह, इपालका पूर्व अध्यक्ष कुमार पाण्डे, इपानका लुम्बिनी प्रदेशका कोअर्डिनेटर कुबेरमणि नेपाल, जलविद्युत् क्षेत्रका विज्ञ तथा पत्रकार भीम गौतमलगायतले विद्युत् क्षेत्रको विकासको सम्भावना र चुनौतीको विषयमा प्रस्तुति दिएका थिए ।

बिहीबार र शुक्रबार दुई दिनसम्म चलेको उक्त कार्यक्रममा प्रदेश १ का दर्जनबढी सांसदहरू, ऊर्जा उत्पादकहरू तथा सरोकारवालाहरूको सहभागिता थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,