महाधिवेशनको चटारो

कांग्रेस महाधिवेशन : दमकका १० वडा मध्ये ८ वटा वडामा सर्वसम्मत नेतृत्व

 

दमक/
यतीबेला देशब्यापीरुपमा नेपाली कांग्रेसको १४ औ महाधिवेशनको रौनक छ । घोषित कार्यक्रम र कार्यतालिका अनुसार पहिलो चरणमा वडास्तरको अधिवेशन चलीरहेको छ । यसै क्रममा झापाको दमकमा पनि सुरु भएको छ ।

दमकमा रहेका १० वटा वडाहरु मध्ये ८ वटा वडामा शनिबार भएको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । यहाँका वडा नं १ र ९ बाहेकका सबै वडाका सभापतिमा सर्वसम्मत चयन भएको नेपाली काग्रेस दमक नगर सभापति रोषन विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार दमक वडा नं २ मा भागवत प्रसाद दुलाल, वडा नं ३ मा गोपाल गिरी, वडा नं ४ मा राजेन्द्र प्रसाद सिटौला, वडा नं ५ मा चैतन्य बराल वडा नं ६ मा मणी बहादुर बुढाथोकी, वडा नं ७ मा अतीत वान्तावा राई, वडा नं ८ मा चन्द्र खत्री र वडा नं १० मा धनश्याम खनाल निर्विरोध चयन हुनु भएको छ । यस्तै वडा नं १ र ९ मा भने आईतबार निर्वाचन हुने भएको छ । अथक प्रयास गर्दापनि वडाको सभापतिमा प्रत्यासीहरु बिच सहमतीमा नजुटेपछि चुनाव गर्नु परेको जनाइएको छ ।

वडा नं १ मा गजेन्द्र देवान र जीवन सिवाकोटी बिच प्रतिस्पर्धा हुने भएको छ भने वडा नं ९ मा तीन जना प्रत्यासीहरु हुनुहुन्छ । सभापति विष्टका अनुसार यस वडामा बर्तमान वडा सभापति राजकुमार गौतम , ठाकुरहरी पोखरेल र यूवराज कोईरालाले सभापति बन्ने इच्छा देखाउनु भएको छ । उहाँहरुबिच आईतबार निर्वाचन हुने भएको छ ।

दमकमा ३ हजार ३ सय ५४ जना क्रियसिल सदस्य छन् । तालिका अनुसार भदौ २७ गते नगरको अधिवेशन हुनेछ । वडाबाट निर्वाचीत पदाधिकारीले २७ गते दमक नगर समिती चयन गर्ने छन् ।

अहिलेसम्म नगर सभापतिमा बर्तमान सभापति रोषन विष्ट, सचिव प्रकाश प्रसाइ र बरिष्ठ नगर सदस्य पर्शुराम रिजालले नगर सभापति बन्ने इच्छा देखाउनु भएको छ । अन्तिम सम्ममा सहमतिकै लागि निरन्तर प्रयास जारी राखीने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच