दुर्घटनाको जोखिम

झापा दुर्घटनाः थप दुईजना नहरमा बगेको भन्दै खोजी सुरु, नहरको पानी थुनियो

 

झापा/
पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी नगरपालिका १० स्थित माइधारमा आज बिहान साढे ८ बजे प्रदेश ०३-००१-क-००९५ नम्बरको टिपरले को २ च २६३२ नम्बरको पिक अप भ्यानलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट भ्यान चालक दमक नगरपालिका- वडा नं ९ निवासी ३९ वर्षीय नेत्र खड्काको मृत्यु भएको थियो । पिकअप भ्यान सडकमा रोक्न खोजी रहेको अवस्थामा टिपरले पछाडिबाट ठक्कर दिँदा सो भ्यान कनकाई सिँचाइ आयोजनाको नहरमा पल्टिएर पानीमा डुबेको थियो । पानीमा डुबेको गाडी निकाल्दा चालकको गाडीभित्रै मृत्यु भइसकेको थियो ।

यही स्थानमा थप २ जना नहरमा बगेको भन्दै खोजी कार्य गरि रहिएको प्रहरीले जनाएको छ । बगाइएकाहरु स्थानीयबासी हुन सक्ने तर अहिले सम्म पहिचान भने हुन नसकेको बताइएको छ । अहिले सो नहरमा बग्ने पानी मुहानबाटै बन्द गरिएको छ । दोमुखा स्थित मुख्य मुहानको पानी थुनेर बगेर हराएकाहरुको खोजी कार्य तिब्र बनाइएको प्रहरीले जनाएको छ ।

अवरुद्ध खुल्यो

सवारी दुर्घटना पछि अवरुद्ध रहेको झापाको शिवसताक्षी स्थित पूर्व पश्चिम राजमार्ग अहिले भने सुचारु भएको छ । टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले अवरोध राजमार्ग ३ घण्टा पछि खुलेको हो ।

पीडित पक्षले विभिन्न माग राखेको सो विषयमा छलफल गरेर टुङ्गाउने विषयमा झापा प्रहरी सहमत भएपछि राजमार्ग सुचारु भएको छ । पीडित पक्षले मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृतकका श्रीमतीलाई रोजगारी र छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउनु पर्ने, राजमार्गमा ट्राफिक चेकजाँच गर्दा जेब्रा क्रसिङ भन्दा दायाँबायाँ ५ सय मिटर पर गर्नुपर्ने र राजमार्गमा भएका खाल्डाखुल्डीलाई तत्काल व्यवस्थापन गर्नु विषयमा माग राखेको थिए ।

सो मागको विषयमा प्रहरी, जनप्रतिनिधि र पीडित पक्षको बैठकबाट छलफल गरी टुङ्गाउने लगाउने मौखिक सहमति पश्चात् राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान साढे ८ बजेदेखि सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीयवासीले साढे ११ बजेसम्म राजमार्ग अवरोध गरेका थिए ।

टिपर र टिपर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका- वडा नं ८ निवासी २४ वर्षीय सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको