मन्त्रीको मन्तव्य

‘अधिकांश अनुदानको रकम बिचौलियाको हातमा, सहकारीले साना सदस्यलाई शोषण गर्न थाले’

 

दमक/
प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौलाले प्रदेश सरकारबाट वितरण हुँदै आएका कृषि अनुदान बिचौलियको हातमा पुगेको बताउनु भएको छ ।

पछिल्ला वर्षहरुमा वितरित अनुदान मध्ये ३० देखी ३५ प्रतिशत मात्रै वास्तविक किसानले पाएको र अरु बाँकी विभिन्न बिचौलीया , फर्जि कागज देखाएरै अनुदान लिएको उहाँले बताउनु भयो । यो रोक्न चुनौति रहे पनि आफुले अव निति बनाएर नियन्त्रण गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

शनिबार झापको दमकका यूटर्न इन्टरनेशनलको तेस्रो वार्षिक उत्सवामा बोल्दै उहाँले पछिल्लो समय सहकारीहरुले आफ्ना सदस्यहरुलाई शोषण गरेको पनि उल्लेख गर्नु भयो ।

उचित नियमन गर्न नसकेको स्विकार गर्दै उहाँले भन्नु भयो ‘सानामा भन्दा धेरै ठुला सहकारीमा समस्या देखिन थालेको गुनासो मन्त्रालयमा आएको छ । ’

विराटनगरमा प्रधान कार्यालय रहेको तुलसी सहकारीको उदाहरण दिदै उहाँले भन्नु भयो ‘तुलसीका जस्तै गुनासा अन्य सहकारीको पनि आउन थालेको छ । अव हामी यसको नियमन गर्न कडा रुपमा प्रस्तुत हँदै छौ । केहिलाई त कार्वाहिको प्रकृया पनि सुरुवात गरिसक्यौ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु