बधाई झापा

भलिबलको उपाधी झापा गापालाई बधाई झापा

Screenshot_20211006-224709__01

दमक /
झापाको दमकमा सम्पन्न प्रदेश स्तरीय प्रथम वडा अध्यक्ष कप अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ। उसले भोजपुरको रामप्रसाद राई गाउँपालिकामाथि शानदार जित निकाल्दै उपाधि कब्जा गरेको हो।

झापाले भोजपुरमाथि सोझो सेटमा जित हासिल गरेको हो। पहिलो सेटमा २५-२१ ले जित हात पारेको झापाले दोश्रो सेटमा २५-१४ को शानदार जीत हासिल गरेको थियो। त्यसपछि तेश्रो सेटमा पनि झापाले उत्कृष्ट प्रदर्शन गर्दै २५-१८ को फराकिलो अन्तरमा जीत निकाल्दै उपाधिमाथि कब्जा जमाएको थियो। जितसँगै झापाले नगद एक लाख हात पारेको छ भने उपविजेता भोजपुरले ५० हजार प्राप्त गर्यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि झापाका जर्सी नम्बर ६ का रविन शिवाकोटीले हात पारे । त्यस्तै वेष्ट सेटर बेलबारीका जर्सी नम्बर ६ का पदम राज खड्काले हात पार्दा वेष्ट स्पाइकरको उपाधि भोजपुरका जर्सी नम्बर ४ का दिनेश तामाङले हात पारे भने वेष्ट ब्लकरको उपाधि झापाका जर्सी नम्बर ८ का रोहित शिवाकोटीले हात पारे ।

त्यस्तै वेष्ट सर्भरको उपाधि दमकका मुस्कान लिम्बुले हात पार्दा वेष्ट लिब्रोको उपाधि झापाकै जर्सी नम्बर १२ का गणेश कटुवालले प्राप्त गरे । दमक -३ स्थित प्रस्तावित मदनभण्डारी रंगशालामा सम्पन्न प्रतियोगितामा प्रदेश १ का १९ पालिकाको सहभागिता रहेको खेल संयोजक राजु श्रेष्ठले जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन