एमाले वडा अधिवेशन: दमकका १०मध्ये ३ वटा वडामा सर्वसम्मत ,अन्यमा निर्वाचन हुने सम्भावना

emale-wada-adhibeshan

 

दमक/
१० वटा वडा रहेको दमक नगरपालिकामा आज सुरु नेकपा एमालेको वडा अधिवेसनमा ३ वटा वडामा सर्वसम्मत पदाधिकारी चयन भएका छन् ।

दिउँसो ४ बजे सम्मको जानकारी अनुसार दमक नगरपापिलका वडा नं २, ६ र ७ मा पदाधिकारीहरु निर्विरोध चयन हुनु भएको हो । वडा नं २ मा अध्यक्ष राजकुमार अधिकारी, उपाध्यक्षमा बुद्दि कुमार सिग्देल, सचिवमा ललित विक र उप सचिवमा वसन्त काफ्ले र पुनम गरागाईँ सर्वसम्मत चयन हुनु भएको छ ।

यस्तै वडा नं ६ मा दुर्गा उप्रेती अध्यक्ष, उपाध्यक्षमा बुद्धिशेखर भट्टराई, सचिवमा शिव काफ्ले चयन हुनु भएको छ । सह सचिवमा सर्वसम्मतीको प्रयास भइरहेको त्यहाँको पार्टि सुद्धिकरण अभियान संयोजक सुमित्रा भण्डारीले जानकारी दिनुभयो । यसै गरि वडा नं ७ मा अध्यक्षमा राधाकृष्ण आचार्य, उपाध्यक्षमा मैयादेवी आचार्य, सचिवमा कमल उदास र सह सचिवमा गायत्रादेवी लामिछाने र भीम प्रसाद सुवेदी चयन हुनु भएको छ ।

यस्तै वडा नं ८ मा पनि अध्यक्ष पदमा अहिले सम्म खेम श्रेष्ठले मात्रै मनोनयन दर्ता गराउनु भएको त्यहाँको पार्टि सुद्धिकरण अभियान संयोजक लिला ढुङ्गेल दाहालले जानकारी दिनुभयो । वडा नं ५ मा ४ जनाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । राजेन्द्र ढकाल, यूवराज घिमिरे, सिताराम खतिवडा र गोपाल संग्रौलाले अध्यक्ष पदका लागी मनोनयन दर्ता गराउनु भएको छ ।

यस्तै वडा नं १ मा लक्ष्मी गौतम र मणी सुवेदीले मनोनयन दर्ता गराउनु भएको छ । यसै गरि वडा नं ३ मा चन्द्र प्रसाद गुरागाई, टेक बहादुर अधिकारी र दधिराम भुर्तेलले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ । यस्तै वडा नं ४ मा कुबेर भट्टराई , पम्फा प्रसाद घिमिरे र देवी बहादुर बस्नेतले अध्यक्षकालागि उम्मेद्धारी दर्ता गराउनु भएको छ ।

यसै गरि अन्य वडामा भने मनोनयको काम चलिरहेको र आज साँझ सम्ममा निर्वाचन गर्ने वा सर्मसम्मतीमै मिल्ने भन्नेबारेमा निणर्य हुने बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन