सिमा सर्तकता

रोहिङ्गा र अफगानी नागरिक भित्रन नदिन झापामा सुरक्षा सर्तकता कस्तो ?

 

दमक/
झापामा भारतसँग सिमाना जोडिएको दुरी १ सय ४४ किलोमिटर छ । दक्षीण क्षेत्रका सबै क्षेत्र भारतसँग जोडिएको छ । मुख्यगरी झापाको काँकरभिट्टा नाकालाई विषेश नाकाको रुपमा हेरिन्छ । भारतको पानीटंकीसँग सिमा जोडिएको यो नाकाबाट अहिले नेपालीहरु भारत र भारतीहरु नेपाल सहजै प्रवेश गरिरहेका छन् ।

कोरोना जोखिमका कारण अझै सम्म अन्तरारष्ट्रिय सिमानाका पूणर्रुपमा खुलीसकेका छैनन् । विषेश परिस्थिती हेरेर मात्रै आवश्कताका आधारमा प्रवेश अनुमिती दिइने गरिएको छ । नेपाल र भारतको सम्बन्ध ‘रोटी -बेटी’को सम्बन्ध भएका कारण ‘वारी-पारी’ गर्न कुनै समस्या छैन । नेपालीहरु व्यवसायीक प्रयोजनकासाथै आफन्त भेटघाट र उपचारकालागि भारत जाने गरेका छन् ।

भारतीयहरु पनि यस्तै प्रयाजन देखाएर नेपाल भित्रीरहेका छन् । भारतीहरु नेपाल प्रवेश गर्दा कोरोना को नेगेटिभ रिपोर्टका साथै खोप लगाएको कार्ड अनिवार्य देखउनु पर्ने प्रावधान राखीएको थियो । तर अहिले यसमा मात्र सिमित छैन ।
अव भारतीयहरु नेपाल प्रवेश गर्न आफ्नो देशको भोट कार्ड वा रासन कार्ड नेपाली सिमानाकामा देखाएर मात्र नेपाल प्रवेश गर्न पाइने व्यवस्था लागु गरिएको छ ।
रोहिंगा र अफगानीमा निगरानी
काँकडभिट्टा सीमा नाकाबाट रोहिंग्या शरणार्थी , बंगलादेशी नागरिक र अफगानिस्थानका नागरि नेपाल प्रवेश गर्न सक्ने भन्दै सर्तकता अपनाइएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी त्रीलोचन रिमालले जानकारी दिनुभयो । सीमा तैनाथ सुरक्षाकर्मीलाई भारतीय नागरिकमाथि थप निगरानी गर्न निर्देशन गरिएको उहाँले बताउनु भयो ।


अब भारतीय नागरिकले नाकामा तैनाथ सुरक्षाकर्मीलाई अनिवार्य मतदाता परिचयपत्र देखाउनु पर्ने हुन्छ, आधार कार्ड नक्कली बनाएर ल्याउँदा भारतीय हुन वा अन्य मुलुकका व्यक्ति पहिचान गर्न समस्या भइरहेको थियो, त्यसैले मतदाता परिचयपत्र अनिवार्य गरेका रिमालले बताउनु भयो ।

गत भदौ ३० गते अवैधरुपमा नेपाल प्रवेश गरेका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको थियो। म्यान्मारबाट विस्थापित भएका रोहिंग्या शरणार्थीहरू बङ्गलादेशबाट स्थलमार्ग हुँदै काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको खुलासा भएको थियो।उनीहरू नेपालमा बस्ने योजनाका साथ मानव तस्करको सेटिङमा काँकडभिट्टा नाकाबाट प्रवेश गरेका थिए। काँकडभिट्टा नाकाबाट रोहिंग्या शरणार्थी प्रवेश गरेको जानकारी पाएपछि भारतीय नागरिकमाथि निगरानी बढाउन थालीएको छ ।

यस्तै नेपालका विभिन्न सिमानाकाबाट अफगानी नागरिक पनि पक्राउ परिरहेकोले संकस्पद व्यक्तीहरुमा विशेश निगरानीका साथै गहिरो सोधपुछ गरेर मात्र छोड्ने गरिएको सिमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् ।

अफगानीस्थामा त्यहाँको तालिवानले सत्ता कब्जा गरेपछि लाखौ नागरिकहरुले आफ्नो देश छोडीरहेका छन् । देश छोडेर भागेकाहरु केहि भारतमा समेत आएको र भारतबाट नेपाल प्रवेश गरिरहेकोले झापाबाट त्यस्ता नागरिक अवैद्यानीक रुपमा प्रवेश नगरुन भन्नकालागि सिमानाकामा थप कडाइ गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल